कपिलवस्तु लगायत तराई का अन्य क्षेत्रमा जाडो बढ्दै,जनजीवन कष्टकर बन्दै

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु- जाडो याममा तराईमा देखिने शीतलहरको समस्या ले यस बर्ष पनि कपिलवस्तु जिल्ला काे विभिन्न ठाउँ लगायत तराईका विभिन्न ठाउँमा जाडो बढ्दै पछि जनजीवन कष्टकर बन्दै गएको छ ।

तराईमा दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम नसके पछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहर सँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर पर्ने गरेको छ।चिसोवाट वृद्धवृद्धा, बालवालिका , विद्यार्थी र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेकाे स्थानीय बासि ले बताएका छन् ।

जाडोबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका, विद्यार्थी र दैनिक मजदुरी गरेर जीवन चलाउने वर्ग बढी प्रभावित भएका छन । चिसो बढे सगै घर घरमा अागाे बलेर ताप्ने संख्या बढे संगै चिसो बाट बच्न काे लागि बाक्लो लुगा किन्ने को संख्या पनि बढेको छ ।

कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा , महाराजगन्ज , बहादुरगञ्ज , कृष्णनगर , चार नम्बर , गाेरुसिङ्गे , पकडी लगायत छिमेकी रुपन्देही , नवलपरासी , दाङ , बाके, बर्दिया र तराईका अन्य जिल्लामा समेत चिसो बढेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.