कपिलवस्तुमा नियमित तथा पुर्नर भर्ना भइ विद्यालय गइरहेका २० जना किशोरीहरुलाई स्टेसनरी सामाग्री र झोला वितारण

0
Quantam abroad studies

शत्रुघन खरविन्द, पुष ६, कपिलवस्तु ।

कपिलवस्तुमा आज नियमित तथा पुर्नर भर्ना भइ विद्यालय गइरहेका किशोरीहरुलाई स्टेसनरी सामाग्री र झोला वितारण गरिएको छ ।

बालविवाह न्यूनिकारण का लागि किशोरी शासक्तीकारण कार्यक्रम अन्तर्गत गरिब, दालित, विपान्न, जन्जति, मुसालीम, मधेशी, पढाईमा जहेन्दर किशोरीहरु लगाएता १० किशोरी समुहका २० जना किशोरीहरु लाई उक्त सामाग्री वितारण गरिएको बालविवाह न्यूनिकारण का लागि किशोरी शासक्तीकारण कार्यक्रम प्रमुख सुष्मा आचार्य ले जानकारी गराउनु भएको छ ।

परिवार लेयोजन संघ कपिलवस्तु शाखा तौलिहवाका शाखा प्रवन्धक मोहन बस्याल र जिल्ला समन्वय समिती कपिलवस्तु का उपप्रमुख तारावती चौधरीले उक्त समाग्रीहरु वितरण गर्नु भएको थिए। यस महामारीको समयमा किशोरीहरुको नियमित कक्षा संचालन हुन न सके पनि नेपाल परिवार नियोजन सँघ कपिलवस्तु र युएनएफपिएको सहकार्यमा रेडियोबाट संचालन हुने रेडियो रुपान्तरण कार्यक्रम सुन्न का लागि प्रमुख अतिथि तरावती थारुले आग्रहा गर्नुभएको थियो। विचविचमा अनुगमन गर्न जादा रेडियो सुनेको पाइएको र आगामी दिनमा पनि यस लाई निरन्तरता दिनुपर्ने, सिकाइ प्रभावकारी बनाउनु पर्ने कुरामा उहाले जोड दिनु भएको थियो ।

किशोरीहरु को विद्यालय मा पहुच बढाउन युनएफपिएको सहयोगमा संघले किशोरी समुह लाई बिभिन्न सहयोग गर्दै आएको र अहिले दक्षिणी भेगका किशोरीहरुको चेतना स्तर बढदै गएकोले बिदालयमा जानेको संख्या निकै बढेका शाखा प्रवन्धक मोहन बस्याल बताउनु भएको छ । शैक्षिकक सामाग्री पाए पछि किशोरीहरु खुशी भएका छन ।

शाखा प्रवन्धक मोहन बस्याल को अध्यक्षता र जिल्ला समन्वय समिती कपिलवस्तु का उपप्रमुख तारावती चौधरी को प्रमुख अतिथतामा कार्यक्रम भएको कार्यक्रमको संचालन बालबिबाह न्यूनिकारण का लागि किशोरी शासक्तीकारण कार्यक्रम प्रमुख सुष्मा आचार्यले गर्नु भएको हो । कार्यक्रममा २५ जना किशोरी तथा समुह सहजकर्ता हरुको सहभागीता रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.