शहबाज खान/कपिलवस्तु
संसद बिघटनको प्रतिगामी कदम सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको प्रेस बिज्ञप्ति नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयका आकस्मिक जुम बैठक आज बस्यो । पार्टीका संयोजक ऋषिराम कट्टेल , सह– संयोजक लोकनारायण सुबेदी, सचिबालय सदस्यहरु हरिदेव ज्ञवाली, शरणबिक्रम मल्ल , भिमप्रसाद सेढाई, रत्नप्रसाद जोशी, रामदुलार महतो, राजेश बान्तबा,सीता सुबेदी र कृष्णहरि उपस्थितिमा सम्पन्न बैठकले संसद बिघटन र यस प्ररिप्रेक्षका सन्दर्भमा निम्न निर्णय सार्बजनिक गरेको छ :
१. नेपाली जनताको ठूलो संघर्ष र बलिदान पछि प्राप्त भएको पहिलो ऐतिहासिक संबिधान सभालाई षडयन्त्रमूलक ढंकले बिघटन गरेर बेवारिसे तुल्याएपछि बिश्ब्यापीरुपमा आम प्रचलित राजनीतिक तथा संबैधानिक मूल्य मान्यता बिपरीत अन्तरिम संबिधानका २५ बूदा संशोधन गरी जसरी निर्दलीय सरकार गठन गरेर सत्तामा रहेका केही दलहरुको सिण्डीकेटले दोश्रो संबिधान सभाको प्रायोजित निर्बाचन गरायो । त्यसले ल्याएको संबिधान आम जनताको लागि हात्तीको देखाउने दाँत मात्र साबित हुने जुन बिश्लेषण पार्टीले गरेको थियो त्यसको आज पुष्टी भएको छ। हम्रो पार्टीले त्यस संबिधानले देश र जनतका समस्या समाधान गर्न नक्सने भए पनि संबिधान सभावाट संबिधान आउनुलाई सकारात्मक रुपमा लिएर यसको आलोचनात्मक समर्थन गरेको हो । त्यही संबिधान अन्तरगत पहिलो निर्बाचनमा स्थानीयमा तहमा संसदभन्दा बाहिरका दलहरुलाई निर्वाचन चिन्ह नदिने संबिधान बिपरीत कदम चालेपछि निर्दलीयताका बिरुद्ध दशकौं लडेको हाम्रो पार्टी स्वभाबतः त्यो निर्दलीय चुनावमा गएन । यसरी पार्टी माथि अघोषित प्रतिबन्ध लगाइयो । संघीय संसदको चुनावको बेलमा पनि हाम्रो पार्टीको नाममाथि निर्वाचन आयोगलाई प्रभाबित पारेर सत्ताले नाममाथि हमला बोल्यो । त्यो मुद्दा अझै पनि सर्बोच्चमा रहेकै छ । त्यो नाम कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्नका लागि जबर्जस्ती कब्जा गर्न खोजेको रहेछ भन्ने कुरा पनि घटनाक्रमले पुष्टी गर्दै अएको छ ।
२. यस्तो परिप्रेक्षमा नेपाल कम्युनिष्ट पार्टीले हिजो पुष ५ गते सत्ताधारी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को संसद बिघटनको कदमलाई नेपाली जनताको अभिमतलाई घोर अपमान गर्ने तथा जनता र राष्ट्रमाथि खेलबाड गर्ने र अनाबश्यक बोझ थोपर्ने तथा राष्ट्रियता, संघीय गणतन्त्र, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रतालाई समेत ठूलो आँच पुर्याउने घोर प्रतिगामी घटनाको रुपमा लिएको छ ।
३. कम्युनिष्ट पार्टीको नाममा झण्डै दुइतिहाई संसदीय बहुमत पाएर सत्तामा गए पछि आम नेपाली श्रमजीबी जनताको हितमा न्यूनतम पनि कुनै ठोस र सकारात्मक कदम चाल्नुको साटो निरन्तर कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने गतिबिधि गर्दै रहेको, देश र जनताका गम्भीर समस्याप्रति असंबेदनशील र गैरजिम्मेवार किसिमले प्रस्तुत हुने गरेको, जनतामा एकपछि अर्को करको बोझ थोपरेको तथा अजंगका ठूल्ठूला भ्रष्टाचारका गतिबिधिमा चुर्लुम्म डुबेको र त्यस्ता कृयाकलापलाई ढाकछोप गर्न र जनताको ध्यान अन्यत्र मोड्न परस्पर सत्ता कलहको रडाको मच्चाइरहेको सत्ताधारी नेकपाको यो ठूलो असफलता हो भन्ने कुरा पनि घटनाले पुष्टी गरेको बैठकले निष्कर्श निकालेको छ ।
४. घटनाक्रमलाई केलाउँदा आफ्नै पार्टीभित्र अल्पमतमा परेका सत्ताधारी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली को यो बिघटनको कदम बाह्य शक्ति खाशगरी हिन्द–पश्चिमा(इण्डो–वेस्ट) शक्ति को चलखेल को स्वार्थ र आड भरोसामा चालिएको हुन सक्ने र यसले नेपाल को स्वाधिनता , सार्बभौमिक अखण्डता र स्वतन्त्रता माथि अझ ठूलो आँच पुर्याउने र अस्थितरता बढउँने थप गम्भीर खतरा निम्त्याउन सक्ने सम्भावना अझ बढेको बिश्लेषण र सन्देह पनि यो बैठकले गरेको छ ।
५. घटना क्रमले समग्रमा राजनीतिक,आर्थिक, समाजिक तथा साँस्कृतिक संकटहरु बढ्दैगइरहेको तथा यसले राजनीतिक स्थिरता र समाजिक स्थायित्व प्रदान गर्न नसक्ने स्थिति निरन्तर पैदा भइरहेकोले सारतः यसले बर्तमान सामन्ती दलाल नोकरशाही पूँजीवादी संसदीय ब्यवस्थाको संकट र असफलता अझ बढेको थप संकेत दिएको छ। संकटापन्न यस्तो ब्यबस्थाले नेपाली जनता र राष्ट्रका आधारभूत समस्या हल गर्न सक्तैन, यस्तो स्थितिमा सत्ता र त्यसको सेरोफेरोमा रहेका दल बिशेषले निर्बाचनमा अनेक प्रपञ्च गरेर जित्ने तर देश र जनताले सधै हार्ने भन्ने कुरा अझ पुष्टी हुँदै आएको छ । नेपाल कम्युनिष्ट पार्टी यस्तो असफल संसदीय राजनीतिक प्रणालीको बिकल्पमा ब्यापक श्रमजीवी जनतामा आधारित नयाँ जनवादी गणतन्त्र नेपालको स्थापनाका लागि संघर्षलाई अघि बढाउन पर्ने आवश्यकता अझ बढ्न गएको प्रष्ट पार्दछ । अतः यस गम्भीरतम् स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सबै खाले बाह्य हस्तक्षेपको अन्त्य गर्न, जन अधिकार र नागरिको स्वतन्त्रताको रक्षा गर्न र सम्बृद्ध तुल्याउन तथा जन जीबिकाका समस्या सही किसमले हल गर्ने दिशामा निरन्तर अग्रसर हुन आज अग्रगामी क्रान्तिकारीशक्तिहरु का बीच कार्यगत, मोर्चागत र रणनैतिक एकताको आवश्यकता झन टड्कारो बन्न गएको प्रष्ट निष्कर्श बैठक ले निकालेका छ र त्यस दिशामा दृढतापूर्बक अग्रसर र एकताबद्ध हुन आमूल परिबर्तनका सम्बाहक सम्बद्ध सबै शक्ति, दल, समूह र ब्यक्तित्वहरु सँग पार्टी पुनः जोडदार आह्वान गर्दछ । ऋषि कट्टेल संयोजक नेपाल कम्युनिष्ट पार्टी २०७७ पौष ६