विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

प्रभात न्यौपाने , पुष ७ , विजयनगर,

विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक दुरी, मास्कको प्रयोग, साबुन पानीले हात धुने वा सेनीटाइजरको प्रयोग गरौ कोरोना बाट बचौ र बचाऔं” भन्ने उदेश्यले कोभिड१९ कोरोना भाइरस सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।

विजयनगर गाउपालीका स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रम विजयनगर ६ प्रेमनगरमा भएको थियो । कार्यक्रममा विजयनगर गाउपालीका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी ले कोभिड १९ कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने तथा सेनीटाइजर प्रयोगमा जोड दिनु भयो ।

sahani furniture udyog

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी तथा आर्दश युवा क्लबका अध्यक्ष दिनेश तिमल्सीनाले जनतालाई प्रतक्ष्य लाभ हुने खालका जनचेतना मुलक कार्यक्रम बढी मात्रामा ल्याउदा प्रभावकारी हुने कुरामा जोड दिनु भएको थियो । तिमल्सिनाले यस्ता चेतना मुलक कार्यक्रमहरु गाउपालीका स्तरीय आयोजन गर्न पनि सुझाउनु भयो ।

विजयनगर गाउपालिकाका २५ बढी युवा युवतीको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रम श्रीजनशिल युवा क्लबकी सचिव रेखा रोका मगर को अध्यक्षता, आदर्श युवा क्लबका अध्यक्ष दिनेश तिमल्सिना को बिशिष्ट आतिथ्यता , विजयनगर गाउपालीका स्वास्थ्य शाखा अधिकृत इन्द्र भण्डारीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी को संचालनमा सम्पन्न भएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.