प्रतिनिधिसभा विघटनविरुद्ध जसपा कपिलबस्तु द्वारा तौलिहवामा प्रदर्शन। ” संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको जसपा नेता ताथ पूर्वमन्त्री चौधरीको आरोप ।”

0
Quantam abroad studies

८ पुस, कपिलवस्तु ।

sahani furniture udyog

जनता समाजवादी पार्टी नेपाल का नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीको संसद विघटनगर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको बताउनु भएको छ । उहाँ ले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनु भएको छ । ‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्र विरोधी कदम चाल्नु भएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओली को कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताउनु भएको छ।

जसपा ले आज निकाले को विरोध प्रदर्शन लाई प्रशासन कार्यालय अगाडि सम्वोधन गर्दै पूर्वमन्त्री चौधरी ले अलोकतान्त्रिक, असंबैधानिक र गैर राजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिनु भएको छ ।जनता समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा विशाल र्याली सहित संसद विघाटनको विरुद्धमा प्रदार्शन गरेको छ । केपी शार्मा आलीले संसाद विघाटन गरेको विरुद्धमा र्याली सहित विरोध प्रर्दाशन गरिएको जनता समाजवादी पार्टीले बताएको छ । केन्द्रिय परिपत्र अनुसार हामी नेपालका ७७ वाटै जिल्लामा आज विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन ।

तौलिहवाको जमुवार टोल देखि निस्केको र्यालीमा केपीओली मुर्दाबाद, विद्या भण्डारी मुर्दावाद लगायतको नारा लगाएका थिए । विरोध र्याली जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो । कोण सभामा। बोल्दै महिला नेतृ गिता श्रीवास्तवले अहिलेको सरकारनै नगरिकता लगायत महिलाहरुलाई उत्पिडनमा पारेको बताएका छिन । केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउना खाजेको उनले अरोप समेत लगाईन । कार्यक्रम लाई सम्बोधन गर्दै जसपा को केन्द्रिय सदस्य राविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारी अलोकतान्त्रिक काम गरेको बताउनु भएको छ । जुन कुराको संविधानमा व्यावस्था नै छैन त्यस्तो कार्य दण्डानिय भएको छ । आजको हाम्रो विरोध समन्य विरोध मत्रै हो । यदि नसच्यि भने यो भन्दा ठुलो अन्दोलनको अधिँवेरी ल्याउने मिश्राले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायाण प्रसाद खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइ को सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाउनु भएको छ । उहाँले असंबैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायलयले खारेज गर्नुपर्ने बताउनु भएको छ । हजारौँ जनता को रगतको बलिदानी, जेलजिवन र विभिन्न संघंर्षबाट प्राप्त संघिय लोकतान्त्रिक संघिय संसदको केपी ओली र विद्याले जुन संघीय संसदको हत्या गरेका छन । त्यसको खारेजी भएन भने आझै ठुलो संर्घष गर्ने बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश का संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलन सँगै गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिनु भएको छ । उहाँले संघीयता र गणतन्त्र विरोधी विरुद्ध अव चुप लागेर नबस्ने बताउनु भएको छ ।

संबिधान माथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनु भएको छ । संघीयता र गणतन्त्र लाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने यादवले बताउनु भएको छ । जनता समाजवादी पार्टीको केन्द्रिय परिपत्र अनुसार पौष १० गते देशभरि का सबै जिल्ला का सदरमुकामहरू मा राष्ट्रपति र प्रधानमन्त्री को पुतला दहन, पौष ११ गते सबै जिल्ला का सदरमुकामहरूमा मसाला जुलूस तथा १२ गते सबै जिल्ला सहित काठमाण्डौँ उपत्यका मा विशाल जनप्रर्दाशन गरिने कार्यक्रम रहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.