
कमलेश चन्द्र गुप्ता
कपिलबस्तु – पूस १०
कपिलबस्तुमा जनता समाजवादी पार्टीले राष्ट्रपति र प्रधानमन्त्री को पुत्ला दहन गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा पुत्ला दहन गरेको हो । शुक्रबार दिउसो बहादुरगंज लगायत जिल्लाको १० वटै स्थानीय तहका मुख्य केन्द्रहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली को पुत्ला दहन गरिएको जनता समाजवादी पार्टीले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्री ले संसद विघटन पुर्णरुपमा असंवैधानिक काम गरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादवले बताउनुभयो छ ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको बताउनु भएको छ । यादव ले संबिधानमा संसद विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको बताउनु भयो । संबिधानले स्पष्ट दुई तिहाइ को सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्री ले संबिधान विरोधी हर्कत गरेको आरोप लगाउनु भएको छ ।
कोण सभालाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष अजित सिंहले राष्ट्रपति र प्रधानमन्त्री ले लोकतंत्रको हत्या गरेको बताउनु भएको छ। केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउना खोजेको सिंहले अरोप समेत लगाए । राष्ट्रपति र प्रधानमन्त्रीले जनताको भवना माथि खेलवाड़ गरेको सिंहले बताउनु भयो।
बिरोध सभामा नवाब शरीफ , राहुल सिंह लगायतले आफ्नो मनतब राख्नु भएको थियो।
पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत जसपा कपिलबस्तु ले भोली ( शनिबार ) राके जुलस र आइतबार -याली तथा सभा गर्ने जसपा कपिलबस्तुले जानकारी दिनुभएको छ ।
