पत्रकार विद्यार्थी संगठनकाे प्रथम भेला अायाेजक समिति गठन

0
Quantam abroad studies

बसन्ता भुसाल,
कपिलवस्तु ,११ पुस
पत्रकार विद्यार्थी संगठन, कपिलवस्तुकाे अाज सम्पन्न दाेस्राे बैठकले राधा पाण्डे काे संयाेजकत्वमा कपिलवस्तु जिल्लाकाे भेला गर्ने भएको छ । उक्त बैठक २०७७ माघ १७ गते शनिबार गर्ने गरि मिति तय गरेको छ । संगठनकाे निर्देशित केन्द्रीय अभियान अन्तर्गत उक्त बैठक बसेकाे थियोे ।

संगठनका जिल्ला संयाेजक राधा पाण्डेकाे अध्यक्षतामा बसेकाे बैठकले ११ सदस्यीय भेला अायाेजक समिति निर्माण गरि संगठनकाे व्यापक सदस्यता वितरण गर्ने,पत्रकारिता माथिकाे सिण्डिगेट अन्त्य गर्न संघर्ष गर्ने,प्रावि तह बाटै पत्रकारिताकाे पाठ्यक्रम निर्माण गरि अध्यापन गराउन सरकार संग माग गर्ने, श्रमजीवी पत्रिकारिता तथा राष्ट्रिय भावना बाट अाेतपाेत पत्रकारितालाई तेजिलो पार्न पनि संघर्ष गर्ने निर्यण गरेको छ । साथै संगठन काे यस निति तथा कार्यक्रममा सहमत हुने, पत्रिकारिता पढ्दै गरेका , पत्रकारिता सिक्न चाहाने / सिक्दै गरेका, पत्रकारिता पढ्न पाउनुपर्छ भनेर अावाज वुलन्द गर्ने सम्पूर्णलाई संगठित हुन पनि अाह्वान गरेको छ । साथै संगठनले सहयोगात्मक रचनात्मक कार्यक्रम गर्ने निर्यण पनि गरेको छ ।

sahani furniture udyog

उक्त बैठकमा संगठनका अभियान्ता तथा केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियोे । उक्त वैठकमा संगठनका अध्यक्ष गैरेले संगठन नीति तथा कार्यक्रम अनुरुप लाग्न निर्देशन पनि गर्नु भएको थियोे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.