संसाद बिघटन को बिरोधमा जसपा कपिलवस्तुद्धारा जिल्लाको विभिन्न स्थानहरुमा मशाल जुलुस प्रर्दशन

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कपिलवस्तु , ११ पुस

sahani furniture udyog

जनता समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको विभिन्न स्थानहरुमा मशाल जुलुस प्रर्दशन गरेको छ । अलोकतान्त्रिक, असंवैधानिक तरिका बाट संसाद बिघटन को बिरोधमा मशाल जुलुस कार्यक्रम गरिएको जसपा कपिलवस्तु अध्यक्ष कैलाश अग्रहरीले बताउनु भएको छ । अग्रहरीका अनुसार जिल्लाको १० वाटै पालिकाको विभिन्न स्थानहरुमा मशाल जुलुस प्रर्दशन गरिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ले संविधान विपरित निर्णय गरेकोले यसमा नेपाली नागरिकको साथ नरहेको बताउनु भएको छ । पार्टीको आन्तरिक विवादका कारण संसद विघटन जस्तो अलोकतान्त्रिक कार्य नेकपा सरकारले गरेकाले देशैभर विरोध प्रदर्शन भईरहेको अग्रहरी ले बताउनु भएको छ । जसपाका अर्का जिल्ला अध्यक्ष शैलेन्द्र यादव ले राजनितिक ज्ञान विना पुरानै सत्तावादी नेता केपी ओली र विद्यादेवी भण्डारीले यस देशको लोकतन्त्र , संविधान माथि प्रहार हुने कार्य गरेको बताए ।

उनले जसपा निर्वाचन बाट डराएको भाग्न खाजेको नभई पार्टी भित्रको आन्तरिक किचलोका कारण जनतालाई धोका दिन नहुने बताउनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.