कपिलबस्तुको ग्रामीण भेगमा खाना पकाउनका लागि गुइँठाको प्रयोग ।

0
Quantam abroad studies

कपिलबस्तु पुस ११

कपिलबस्तु तथा तराईको ग्रामीण भेगमा खाना पकाउनका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएको चुलोमा दाउराको साटो गुइँठाको प्रयोग बढेको छ । वनजंगल मासिँदै गएको अवस्थामा दाउरा पाउन सजिलो नभएको हुनाले ग्रामीण भेगमा गाईभैंसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग भान्सामा बढेको हो ।

गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने हुनाले गोबरमा भुस पराल राखेर त्यसलाई सुकाएर गुइँठा तयार पार्ने गर्द्छन् । सुख्खायाममा गुइँठा बनाउने र वर्षायाममा त्यसलाई जोहो गरी राखेर भान्सामा प्रयोग गर्ने गरिन्छ । तर, गाईवस्तुको गोबरलाई कम्पोस्ट मलको रुपमा प्रयोग गरी खेती किसानी गर्दै आएका किसान परिवारहरुले समेत गोबरलाई जलावनको रुपमा प्रयोग गर्न थालेपछि खेतीपातीमा ह्रास आउँदै गएको छ ।

विगतका वर्षमा गोबर खेतमा मिलाउँदा त्यो राम्रो मलको रुपमा काम गर्ने गरे पनि अहिले खाना पकाउने दाउराको मूल्यसमेत बढेको र एलपिजी ग्या स खरिद गर्ने क्षमता गाउँमा नहुनुका साथै सहज उपल्बधता समेत नरहेको हुँदा गुइँठाको प्रयोग भइरहेको किसानहरु बताउँछन्।खेतहरुमापनि अहिले कम्पोस्ट मलको साटो बढीजसो रासायनिक मल तथा पैदावार बढाउने औषधीहरुको प्रयोग बढेको हुँदा गोबरका गुइठा खाना पकाउन कै लागि उपयोग गर्ने गरिएको छ । पहिला पर्याप्त दाउरा हुँदा गुइँठाको खासै उपयोग थिएन । दाउराको अभाव भए पछि यस्तो अवस्थामा गुइँठा ग्रामीण भेगका बासिन्दाको लागि सस्तो खाना पकाउने माध्यम बनेको छ ।

दाउराको रुपमा गोबरको अत्याधिक प्रयोग हुन थालेपछि अन्न उपार्जनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र कपिलबस्तुका बागवानी बिकास अधिकृत बालगोविन्द त्रिपाठी ले बताउनु भएको छ। रासायनिक र कमपोस्ट मलले गर्दा तत्काल उपार्जन बढ्ने भए पनि माटोको उर्बरा शक्तिमा ह्रास हुँदै गएको हुनाले अन्न उपज घट्दै गएको अधिकृत त्रिपाठीको भनाई छ ।

खेतबारीमा एक वर्ष हालेको गोबर तीन वर्षसम्म मलको रुपमा काम गरिराख्ने हुनाले खेतीको लागि गोबर उपयुक्त रहेपनि कपिलबस्तुको ग्रामीण भेगमा खाना पकाउनका लागि अहिले करिब ७० प्रतिशतले जलावनको रुपमा गुइँठाको प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.