भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा तत्काल असर नपर्ने

0
Quantam abroad studies

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा तत्काल असर नपर्ने भएको छ । स्वदेशी उत्पादन, मौज्दात र आयातित चिनी पर्याप्त रहेकाले बजारमा अभाव नहुने नेपाल चिनी उत्पादक सङ्घले जनाएको छ ।

भारतले आन्तरिक बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा रोक लगाएको हो । इन्धन महँगी र खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिमका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा हाल करिब दुई लाख टन चिनी मौज्दात रहेको व्यवसायीको भनाइ छ । सङ्घका अनुसार देशलाई वार्षिक दुई लाख ८० हजार टन चिनी आवश्यक पर्छ भने चालु आर्थिक वर्षमा एक लाख ८७ हजार टन उत्पादन भएको छ । गत वर्षको मौज्दात र आयातित चिनी भएकाले तत्काल समस्या नहुने बताइएको छ ।

sahani furniture udyog

सङ्घका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार १३ वटा उद्योगसँग एक लाख ४१ हजार टन चिनी भण्डारणमा छ भने ७० हजार टन आयात भइसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बजारमा अभाव हुन नदिने र मूल्यवृद्धि रोक्न अनुगमन कडा पारिने जनाएको छ ।

हाल चिनीको फ्याक्ट्री मूल्य प्रतिकेजी ८२ रुपैयाँ भए पनि बजारमा खुद्रा मूल्य करिब ११० रुपैयाँ पुगेको छ । चिनी अभाव भए बिस्कुट, चकलेट र जुस उद्योग प्रभावित हुन सक्ने चिन्ता व्यवसायीले गरेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.