नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने बाटो खोल्न पहल

0
Quantam abroad studies

वाल्मीकि आश्रम पुग्न नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालय र सरोकारवाला सांसदबीच भएको छलफलमा त्रिवेणीधाम–वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालन गरेर नेपाली भूमिबाटै सहज आवतजावत गराउने विषयमा सहमति जुटेको हो ।

हाल चितवनको माडी क्षेत्रमा रहेको आश्रम पुग्न पश्चिम नवलपरासी हुँदै भारतीय भूभाग प्रयोग गर्नुपर्ने अवस्था छ । पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्ज सम्बन्धी कानुनी जटिलताका कारण सञ्चालन हुन सकेको छैन ।

छलफलमा सहभागी सांसदहरूले सुरक्षाको नाममा आफ्नै देशको धार्मिक तथा ऐतिहासिक स्थल पुग्न विदेशी भूमि प्रयोग गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । उनीहरूले पुल खुला भए गण्डकी र लुम्बिनी प्रदेशको धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने धारणा राखे ।

sahani furniture udyog

वन मन्त्री गीता चौधरी ले निकुञ्ज संरक्षण र वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै कानुनी सहजीकरणमार्फत पुल सञ्चालनको प्रक्रिया अघि बढाइने बताएकी छन् ।

सरकारको यो पहल सफल भए हजारौँ दर्शनार्थी तथा पर्यटक नेपाली भूमिबाटै सहज रूपमा वाल्मीकि आश्रम पुग्न सक्ने अपेक्षा गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.