संविधान रक्षाका लागी जसपा तत्पर: अकरम पठान

0
Quantam abroad studies

१२ पुस, कृष्णनगर ।

जनता समाजबादी पार्टी (जसपा) ले आइतवार क पिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार कृष्णनगरमा प्रदर्शन गरेको हो ।

sahani furniture udyog

यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ। जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप कृष्णनगरको लिंकगेटमा भेला भएका थिए ।

जसपाका नेता अकरम पठानले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधान को रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनु भयो । साथै जसपा को बिरोध कार्यक्रम मा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा बृजेश गुप्ता, अकिल अहमद, बजरंगी गुप्ता, इंद्रदेव चौधरी, जीवन श्रीवास्तव, गोपाल प्यारे चंदेल, छेदी प्रसाद यादव, निखिल पाठक, नदीम अरशद इदरीसी, सहित दर्जनौं व्यक्ति को उपस्थित रहेको थियो।

लुम्बिनी प्रदेश को सबै जिल्ला मा बिरोध कार्यक्रम भएको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.