ओलि ले आफैले बनाएको संबिधानलाई आफै बलात्कार गर्दैछन् – मन्त्री शैलेन्द्र साह

0
Quantam abroad studies

नबिन यादव , पौष १२ , सप्तरी
आज सप्तरी को राजबिराजमा संसद विघटन को विरुद्ध गरिए को बिरोध कार्यक्रममा प्रदेश नम्बर दुइका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह ले प्रधानमन्त्री केपी शर्मा ओलि ले आफैले बनाएको संविधानको आफैले बलात्कार गरिरहेको आरोप लगाउनु भएको छ । एक कार्यक्रमका बिच बोल्दै मन्त्री साह ले केपी ओलि को संसद विघटन को कदम आत्मघाती रहेको बताउदै यसले देश र जनतालाइ दीर्घकालीन रुपमा नकारात्मक असर गर्ने बताउनु भयो ।

केपी ओलिको यस असंबैधानिक कदमले लोकतन्त्र नै धरापमा परेको ले आफुहरु यसको खुलेर बिरोध गर्ने बताउदै मन्त्री साह ले अब लोकतन्त्रको रक्षा गर्न सबैजना खुलेर ओलिको यस असंबैधानिक कदमको बिरोध गर्नुको बिकल्प नरहेको बताउनु भएको छ ।

sahani furniture udyog

कार्यक्रममा बोल्दै मन्त्री साह ले ओलि को यस असंबैधानिक कदम को विरुद्ध सर्बोच्च अदालत ले न्याय दिनेमा आफुहरु बिश्वस्त रहेको बताउनु भएको छ भने सर्बोच्च अदालत ले न्याययोचित फैसला नगरेको खण्डमा आफुहरु जनताको अदालतमा जने समेत बताउनु भयो । आज भएको उक्त बिरोध कार्यक्रममा जसपाका सयौं नेता कार्यकर्ता को उपस्तिथिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.