सप्तरीमा मन्त्री साहद्वारा दलित,गरिब ६० परिबारको सदस्यलाई कम्बल बितरण

0
Quantam abroad studies

राजविराज , पौष १३
तराईमा बढिरहेको शितलहरका कारण सबभन्दा बढी कष्ट झेल्नुपरेको दलित , बिपन्न परिवारका सदस्यलाई कम्बल बितरण गरेको छ। प्रदेश -२ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो।

राजविराज स्थित मन्त्री साहको सम्पर्क कार्यालयमा सोमबार आयोजित एक कार्यक्रम बीच ६० जनालाई कम्बल वितरण गरिएको हो । उनले व्यक्तिगत रुपमा महदेवा गाउँपालिकाको पाँच वटा वडाका गरिब , दलित एवम् विपन्न परिवारलाई कम्बल उपलब्ध गराएका हुन।जस अन्तर्गत उक्त गापाको वडा न.-१,२,४,५ र ६ का असाह्य दलित, बिपन्न, गरिब परिवारका सदस्यलाई बितरण गरिएको हो। जनता समाजवादी पार्टीका महदेवा गाउँपालिका समितिका अध्यक्ष दिपनारायण यादवको समन्वयमा कम्बल वितरण गरिएको पार्टीका युवा नेता लक्ष्मण यादवले बताए ।

उक्त कार्यक्रममा पार्टीका प्रदेश सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, प्रेस नेपाल प्रदेश नम्वर २ का अध्यक्ष श्यामसुन्दर यादव, स्वकीय सचिव उपेन्द्र साह, युवा नेता नवनित झा, पत्रकार चन्दन यादव लगायतको हात बाट कम्बल हस्तान्तरण गरिएको हो।

sahani furniture udyog

सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदे मन्त्री साहले जाडो एवम् शितलहर बाट जोगिनका लागि अति विपन्नलाई सामान्य सहयोग गरेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो।

यो वर्ष हालसम्म अति उग्र रुपमा शितलहर नरहे पनि मानव जीवन जोगाउन प्रदेश सरकार संवेदनशील रहेको तथा पुर्व तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.