प्रदेश २ मा आठ जिल्लाका १६ कृषकलाई सम्मानित

0
Quantam abroad studies

२० पुष, जनकपुर ।

प्रदेश नं. २ मा आठ ओटा जिल्ला को १६ कृषकहरू लाई सम्मानित गरिएका छन् । ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्य मा उत्कृष्ट कृषकहरु लाई आठवटै जिल्ला बाट छनौट गरि विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगद, दोसल्ला, समानपत्र संगै फुलमला टीका लगएर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान गरेका थिए।

sahani furniture udyog

प्रदेश सरकारले स्थापना काल देखि नै कृषिमा ध्यान दिँदै आएको प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताउनु भएको छ । उनले सम्मान मात्र नभइ अब आउने समयमा कृषिमा धेरै विकास गरेका देश चीन, भारत लगायतमा कृषकलाई भम्रण गराइने समेत बताए । मन्त्री साहले भने – ‘यो प्रदेशको मुख्य स्रोत कृषि नै रहेकाले समृद्धि र विकास कृषिमा नै निर्भर रहेका छन् ।

‘उनले भने- ‘मलखादको समस्या रहे पनि प्रदेश सरकार ले रासायनिक मल ७५ प्रतिशत को अनुदान मा उपलब्ध गराइ रहेको बताए । तर सो मल पनि किसानहरु उपयोग गरिरहेको छैन ।’ कृषिको समस्या प्रदेशमा मात्र नभइ पुरै नेपालमा नै रहेको भन्दै उनले प्रदेशको कृषि समस्या चाडैँ कम हुने बताए ।

उक्त कार्यक्रममा मान्त्रालयका सचिव डाक्टर सम्झना काफ्ले, खाद्य सुरक्षा तथा कृषि ब्यवसाय प्रबर्द्धन महाशाखाका प्रमुख शंकर प्रसाद साह, पशुपन्छी तथा मत्सय बिकास निर्देशनालय का प्रमुख जागेश्वर यादव लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.