नैना नुकाकऽ जे तकलौँ’ मैथिली भिडियो गित सार्वजनिक

0
Quantam abroad studies

२० पुष, सप्तरी ।

मैथिली गीत–सङ्गीतमा प्यारोडी र अश्लीलता हावी भईरहँदा पछिल्लो पटक ‘दिलके डायरी’ नामक मैथिली भाषाको म्युजिक भिडियो पछि ‘नैना नुकाकऽ जे तकलौँ’ सार्वजनिक भएको छ । OSR Digital यु – ट्यूब चैनल मार्फत च्यानल बाट उक्त गीत आईतवार साँझ ३:०० बजे सार्वजनिक भएको हो ।

प्रसिद्ध गायक नितिन गजुरेल र बहुचर्चित युवा गायिका ज्योती विश्वकर्माको स्वरमा रहेको उक्त गीत मैथिली गीत–सङ्गीतको क्षेत्रमा नौलो आयाम नै सिद्ध भएको छ । मैथिली संगीतको चर्चित युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको उक्त म्युजिक भिडियोमा देशकै ख्याती प्राप्त अभिनेत्री अञ्जली अधिकारी र मैथिली सिने जगतको चर्चित युवा फेस मोडेल अशोक आर्यन यादवको प्रेमिल अभिनय रहेको छ ।

उक्त गीतको सङ्गीत कम्पोज नितिन गजुरेल र सङ्गीत संयोजन राजीव साहले गरेका छन् । प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त गीतको ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विष्णु थापाले गरेका छन् । उक्त गीति भिडियोको प्रस्तुति मिथिला अभियन्ता विद्यानन्द वेदर्दीको रहेको छ, भने पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरले गरेको हो । गायक नितिन गजुरेलको यो दोस्रो मैथिली गीत हो ।

मैथिली भाषाको म्युजिक भिडियोहरु मध्ये ‘नैना नुकाकऽ जेँ तकलौँ तँ प्रीत भऽ गेलै’ ले गुणस्तरियता समेतलाई ध्यानमा राख्दै सम्पूर्ण प्रेमिल मन भएका श्रोताहरूलाई लक्षित गरेर मैथिल…।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.