कपिलवस्तु काे विजयनगर गाउपालिका अध्यक्ष थापाद्वारा मस्जिदको शिलन्यास

0
Quantam abroad studies

कपिलवस्तु काे विजयनगर गाउपालिका अध्यक्ष थापाद्वारा मस्जिदको शिलन्यास

कपिलवस्तु , २० पुस
कपिलवस्तु को विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा ले सोमवार एक मस्जिदको शिलन्यास गर्नुभएको छ । उहाँले गाउँपालिकाको वडा नं.३ कडिहारमा मस्जिदको शिलन्यास गर्नुभएको हो ।

sahani furniture udyog

गाउँपालिका को १० लाख को लागतमा मस्जिद निमार्ण हुन लागेको मस्जिद उपभोक्ता समितिका अध्यक्ष नूर मोहम्मद (कल्लु)मनिहारले जानकारी दिनुभएको छ। मस्जिद निर्माणका लागि लाग्ने अपुग रकम उपभोक्ता समितिले व्यवस्थापन गरी मस्जिद निर्माणको कार्य सम्पन्न गर्ने मनिहारले बताउनुभयो ।

मस्जिद निर्माण लागि गाउँपालिकाले सराहनीय सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष थापालाई धन्यवाद समेत दिनुभयो । यसले धार्मिक सहिष्णुता कायम गर्नुको साथै एक आपसमा सामाजिक सद्भावको सम्बन्ध प्रगाढ हुने भन्दै मनिहारले खुसी व्यक्त गर्नुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.