सनशाईन द्धारा “नयाँ लुगा न्यानो लुगा अभियान” लाई रु.४५ हजारको चेक हस्तान्तरण ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द, पुष २१, कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्थाले आज “नयाँ लुगा न्यानो लुगा अभियान” लाई ४५ हजार सहयोग गरेको छ । तौलिहवा मा रहेको मधेश मानव अधिकार गृह कपिलवस्तु “माहुरी होम ” द्धारा संचालित “ नयाँ लुगा न्यानो लुगा अभियान ” लाई सनशाईन सामाजिक विकास संस्था र यूनइटेड मिसन टु नेपालको सहयोगमा पैतालिस हजार रुपिया को चेक हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष राम सेवक यादव र यूनाइटेड मिसन टु नेपाल कपिलवस्तु कलस्टर का टीम लिडर रुप कुमार बि.के ले सयूक्त रुपमा मधेश मानव अधिकर गृह माहुरी का अध्यक्ष तथा अभियान का संयोजक रबिन्द्रनाथ ठाकुर लाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

sahani furniture udyog

चिसोको समयमा जाडोले ज्यान गुमाउन नपरोस, कोही भोकै बस्न न परोस, पानी पर्दा घर चुईएर छाता ओढेर कसैलाई बस्न न परोस , चाडपर्वमा फाटेका लुगा लगाइ निरास भई बस्नु न परोस भन्ने उदेश्यका साथ मानव आधिकार संरक्षण प्रबर्धन कोष मार्फत उक्त अभियानको संचालन भएको हुनाले प्राभवित भाई सहयोग होस भनि चेक हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राम सेवक यादव ले बताउँनुभएको छ । मधेश मानव अधिकार गृह(माहुरी होम) कपिलवस्तु द्धारा संचालन गरिएको अभियान लाई प्रभावितको हकमा उपयोगी रहेको हुनाले संबाद समुह कपिलवस्तु ले अग्रीण संस्थाहरुलाई सहयोग का लागि साझा अभियान बनाउन पहल गरेको थियो ।

उक्त अभियानलाई सहयोग गरेकोमा माहुरी होम का अध्यक्ष तथा अभियानका संयोजक ठाकुरले चेक बुझ्दै अरु सहयोगी संस्था तथा व्यक्तिहरु ले समेत यसमा सहयोग गर्न सक्ने जानकारी गराएका हुन् ।सनशाईन सामाजिक विकास संस्थाले गरेको सहयोग बाट अरूलाई प्रेरणा मिल्ने कुरामा बिशवस्त हुँदै यस “नयाँ लुगा न्यानो लुगा अभियान“ पुनित कार्यमा सहभागि भएर सहयोग गरिदिन ठाकुरले अपिल समेत गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.