राजविराज, २१ पुस
गत मंसिर १९ गते सुनसरीको धरानवाट ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका राजकुमार सिंह सप्तरी को तत्कालिन पकरी गाविस–२ निवासी भनिएपनि उनको नेपाली नागरिकता नै किर्ते रहेको खुलासा भएको छ । सिंह भारतीय नागरिक हुन र भारतमा पनि उनको आपराधिक पृष्ठभुमि नै रहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगर सहित गत मंसिर १९ गते प्रहरी ले नियन्त्रणमा लिएको थियो । डिएसपी बस्नेतका अनुसार पक्राउ गरिएका सिंह बिरुद्ध लागु औषध समबन्धी मुद्धामा अनुसन्धान भईरहेको छ । तर उनको नेपाली नागरिकता समेत शंकास्द रहेको डिएसपी बस्नेतले जनाए ।
बिहारको भीमनगरका स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ ।
पक्राउ परेका सिंहको साथवाट बरामद् भएको उनको सवारी चालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो । डिएसपी अनुसार उनको सवारी चालक अनुमतिपत्रमा नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तात्कालिन पकरी गाबिस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रसासन कार्यालय सप्तरी बाट जारी नै नभएको देखिन्छ ।
जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रसासकिय अधिकृत आनन्द कुमार ठाकुरले २÷०७३९३११३ नम्बर को नेपाली नागरिकता सप्तरी वाट जारी नभएको बताए । ‘ उपलब्ध अभिलेख अनुसार उक्त नम्बरको नागरिकता सप्तरीबाट जारी भएको देखिदैन्’ प्रसासकीय अधिकृत ठाकुरले भने । सवारी चालक अनुमति पत्रमा ठेगाना तात्कालिन पकरी गाबिस २ सप्तरी रहेपनि उक्त ठाउमा सिंह थरका एकजना पनि नरहेको स्थानियवासीन्दाहरु बताउँछन् ।
ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भए को भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पंचायत का बासिन्दा रहेको समेत खुलेको छ । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६ को आधार कार्ड समेत जारी रहेको छ । यसैगरि त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ । भारतमा अझै नागरिक रहेपनि उनले नेपालवाट किर्ते नागरिकता लिई नेपाल भारत सिमा क्षेत्रमा विभिन्न गैरकानुनि गतिविधिमा संलग्न रहँदै आएको उनी निकटकाहरु को भनाई छ ।
बिहारको भिमनगरमा स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । नेपाल प्रबेश गरि उनले किर्ते नेपाली नागरिकता वनाएका नेपालमै दोश्रो बिबाह समेत गरेका छन् । सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता वनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित ब्यबसाय समेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन् । उनले बिभिन्न प्रतिबन्धित ब्यबसाय गर्दे नेपालमा करौडौको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्ने ले अहिले लागुऔषधमा मुद्दाको अनुसन्धान भईरहेको र त्यसपछि अन्य विषयमा पनि अनुसन्धा न हुने बताए । सप्तरी बाट नागरिकता जारी भएको देखाएको ले नागरिकता समबन्धि अनुसन्धान सप्तरी प्रहरीले गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले उनको नागरिकता शंका लागेर जानकारी दिए सप्तरी प्रहरीले आबश्यक अनुसन्धान गर्ने बताए ।