कपिलवस्तुमा अबैध सामान बरामद

0
Quantam abroad studies

धनी राम काेरी, २२ पुष, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका वडा नं. २ कुदान स्थितमा खटिएको प्रहरी टोलीले अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अबैध समान प्रहरीले द्वारा बरामद गरिएको छ ।

प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर, पायन्ट ४४ मिटर, चिनी २०० के.जी, तेल २३ लिटर, ग्यासचुलो ५ थान, बिस्कट, सुर्ती, बनारसी आसिक ३४ प्याकेट गरी जम्मा अनुमानित मुल्य रु. १,२५,००० ।– (एकलाख पचिस हजार) बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको कपिलवस्तुका एस. पी. नवराज अधिकारीले जानकारी दिनु भयो ।

अबैध समानहरु आवश्यक कार्वाहीको लागि सुठौली भन्सार कार्यालय मा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.