विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

विजयनगर, पुस २३
कपिलवस्तु जिल्ला को विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विजयनगर गांउकमिटी को आयोजना मुनिस मनिहार को अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान , लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्रीलाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकार ले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताउनुभयो ।

sahani furniture udyog

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले हाम्रो पार्टी लाई धोखा दिने काम धेरै पटक भयो
राजतंत्र हटाएर आफूहरु नै गणतंत्र स्थापना गरेको बताउदै
मुख्यमंत्रीलाई राजनीति गर्ने हो भने मुख्यमंत्रीको पद छोडेर राजनीति गर्न सुझाव दिदै अन्तिम समयमा आफूहरु संग मिल्नु बाहेक बिकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की , तोफेल खान, कैफ खा लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन भने दिपेन्द्र बहादुर महराले गर्नुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.