नगर पत्रकार संजाल गठनप्रति आपति जनाउँदै पत्रकारहरुले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र

0
Quantam abroad studies

२३ पुष, धनबिर महतो, गौशाला महोत्तरी ।

प्रक्रिया नपुर्याई तथा पत्रकारहरुलाई जानकारी नगराइ एकलौटी किसिमले महोत्तरीको गौशाला नगरपालिकामा नगर पत्रकार संजाल गठन गरिएको घटना प्रति आपति जनाउँदै गौशालाका पत्रकारहरु नगर प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन ।

विहीबार गौशाला कार्यक्षेत्र रहने गरि विभिन्न संचार क्षेत्रमा कार्यरत रहेका ११ जना पत्रकारहरु को संयुक्त हस्ताक्षरमा नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएका हुन ।

गत पुष २२ गते वुधबारका दिन आपसि सहमति बेगर तथा पत्रकारहरुलाई जानकारी नगराइ प्रक्रिया नपुर्याइ नगर पत्रकार संजाल गठन गरेको भन्दै यहाँका पत्रकारहरु आपति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन ।

गौशाला नगरपालिका को सभाहल मा विरोधको वावजुद द पव्लिक टुडेका अध्यक्ष रामनारायण महतोलाई संयोजक पद चयन गरि ९ सदस्यिय कार्य समिती गठन गरिएको प्रति पत्रकारहरुको घोर आपति रहेको सो ज्ञापनपत्र मा उल्लेख गरिएको छ ।

गठित समितीमा आफुहरुको सहमती बिना नै नगर संजाल गठन गरि मलाई सल्लाहकार बनाइको न्युजहरु विभिन्न संचार मा आएको छ, यसरी बिना सहमतीमा बनाइएको समितीमा आफू नरहेको कुरा रेडियो रुपान्तरनका संचारकर्मी धनबिर महतोले जनाएको छ।

यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरिएकोले सवैको सहमतिमा नगर पत्रकार संजाल गठन को लागि माग समेत गरिएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.