उत्तम कुमार थापा, २३ पुष, बझाङ ।
जिल्ला बझाङमा कृषि ज्ञान केन्द्र बाट आयाेजना गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सु – सम्पन्न भएको छ ।
उक्त कार्यक्रम आयोजना दुर्गाथली गाउँपालीका वडा नम्बर ५ मा रहेका कृषकहरुलाई नमुना तरकारी गाउँ ३ दिने घुम्ती स्थलगत तालिम जिल्ला कृषि ज्ञान केन्द्र द्वारा सम्पन्न गरेका बताएका छन् ।
कार्यक्रममा कृषि सम्बन्धि तालिम दिनुको साथै महिला दिदी बहिनीहरुलाई लक्ष्यित गर्दै कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङ का प्रमुख टेक बहादुर बिष्टको प्रमुखख अतिथि रहेको थियो र कम्तीमा २५ देखि ३० जनालाई तालिम दिएको कर्मचारी सुलचना थापाले बताए छन् ।