यशाेधरामा पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , २३ पुस
कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुरमा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

जिविकाेपर्जान तथा वातावरण सुधार द्वारा समुदाय काे उत्थान शीतल सवलीकरण ( SECURE ) परियाेजना जीवन सुधार कार्यक्रम अन्तर्गत गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रममा गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरुको उपस्थितिमा प्रदर्शनी सम्पन्न भएको छ ।

बसन्तपुर स्वास्थ्य चाैकीका इन्चार्ज कैलाश नाथ मिश्रा ले गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरुलाई विशेष खालकाे ध्यान दिनु पर्ने लगायत सरसफाइमा पनि ध्यान दिनु पर्ने भनि वताउदै गर्भवती महिलालाई समय समयमा स्वास्थ्य जाच गराउन काे लागि अनुरोध गर्नु भयो ।

दलित सामाजिक विकास केन्द्र अयाेजना र युनाइटेड मिसन टु नेपाल, Australian Aid काे सहयोगमा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुर मा सम्पन्न भएको सामाजिक परिचालक प्रिति गुप्ताले जानकारी दिनु भयो ।

साे कार्यक्रममा दलित सामाजिक विकास केन्द्र का कार्यसमिति का सहसचिव गीता हरिजन , महिला स्वयम सेविकाहरु , बसन्तपुर स्वास्थ्य चाैकी का इन्चार्ज कैलाश नाथ मिश्रा , गर्भवती , सुत्केरी महिला र बालबालिका तथा समुहका सदस्या हरु लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियोे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.