पौष २७ गते देशब्यापि शक्ति प्रदर्शन गर्दै जनतान्त्रिक, यस्तो छ कार्यक्रम

0
Quantam abroad studies

काठमाडौँ : राज -संस्था र हिन्दु राष्ट्र पुनःस्थापना सहितको माग राखी चरणबद्ध आन्दोलन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा ले आज एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो वर्गीय संगठन “जनतान्त्रिक महिला संघ” को सिरहा जिल्ला इन्चार्ज/प्रभारीमा श्रीमती मुन्दृका झा लाई मनोनीत गरिएको जनाएको छ । साथै मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” ( डा. मनोज कुमार झा ) द्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ कि,

देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमण बाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, इतिहास, धर्म, संस्कृति , परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली ” को बहालीका लागि हामीले “ राष्ट्रिय नागरिक आन्दोलन-२०७७ ” को उद्घोष गर्दै अन्तिम निर्णायक संघर्षको तैयारीमा रहेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला , आत्म – बल , आत्मविश्वासलाई झनै उत्साहित गरिरहेको छ ।

sahani furniture udyog

यसै क्रममा सिरहा जिल्ला विष्णुपुर गाउँपालिका वाड नं ४ थलहा – कटहा गाउँ निवासी हाल सिरहा जिल्ला गोलबजार निवासी श्री चन्दन कुमार झा ज्युको श्रीमती, कुशल व्यवसायी, क्रान्तिकारी समाजसेवी , देश – भक्त नागरिक, जनतन्त्र-प्रेमी, मुक्तिवादी “श्रीमती मुन्दृका झा ज्यु” लाई “जनतान्त्रिक महिला संघ ” को केन्द्रिय सदस्य एवं सिरहा जिल्ला महिला संघको जिल्ला प्रभारी/ईन्चार्ज एवं “ राष्ट्र बचाउ अभियान ” तथा “ राष्ट्रिय नागरिक आन्दोलन २०७७ ” को सिरहा जिल्ला जनपरिचालन समिति सदस्य एवं जिल्ला महिला बिभाग प्रभारी / ईन्चार्ज मनोनीत गरिएको सबैलाई जानकारी गराएका छन् भने वहाँहरुको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ ।

साथसाथै पौष २५ गते शनिबार सिमरामा हुने मोटरसाइकल जुलुस र पौष २७ गते सोमबार २९९औं “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ” का दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा, राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ को आयोजनामा काठमाडौं , बिरगंज , सिमरा , सर्लाही, जलेश्वर, जनकपुर , सिरहा , राजविराज लगायत देशैभर आयोजना हुन् गईरहेको जुलुस , सभा लगायतका विविध कार्यक्रमहरुमा उत्साहजनक सहभागिताका लागि हार्दिक अपील गर्दछौ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.