
धनी राम काेरी
कपिलवस्तु , २४ पुस – जिल्लाको शुद्वाेधन गाउपालिका वडा नं ५ हथिहवादाेहनी बाट प्रहरीले अबैध कुखुरा बरामद गरी अाज नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेली र सशस्त्र प्रहरी बल नेपाल कपिलवस्तु सहितको संयुक्त टाेलीले भारत बाट अबैध रुपमा ल्याउदै गरेकाे ९ वटा साईकल मा वाेईलर जातकाे कुखुरा १७० गाेटा अन्दाजी ५ (पाच ) क्विन्टल र अन्दाजी मुल्य रु . १,९३,०००|- (एक लाख त्रीयानब्बे हजार ) काे अबैध कुखुरा बरामद गरिएको प्रहरीले जानकारी दिइएको छ ।
अबैध कुखुरालाई जिल्ला प्रहरी कार्यालय ल्याई जनप्रतिनिधि , पशु क्वारेन्टाइन कार्यालय कुष्णनगरकाे प्रतिनिधि , जिल्ला प्रशासन कार्यालयकाे प्रतिनिधि र पत्रकार काे राेहवरमा जिल्ला प्रहरी कार्यालय काे परिसरमा खाल्डो खनी नष्ट गरिएको र बरामद साईकलहरु सुठाैली भन्सार कार्यालय पठाउने पहल भईरहेकाे प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।