सप्तरीमा वडा अध्यक्ष ले षड्यन्त्र गरि तिन दलित परिवारलाइ घरबार बिहिन बनाएको पीडित को अरोप

0
Quantam abroad studies

नबिन यादब ,पुष
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँ पलिका वाड नं ८ मा एलानि जग्गामा बस्दै आएका तिन ओटा रामपरिबारलाई वडा अध्यक्षले उक्त जग्गा बाट हटाएर बेसहारा बनाइ दिएका छन् ।

सो राम परिवार करिब २० बर्ष देखी तिलाठी कोइलाडी गाउँ पलिका को वाड नं ८ सडेपार गाउँ हनुमाननगर नगर रोड जाने बाटोमा बसोबास गर्दे आएको थियो। लगभग एक बर्ष देखी एलानि जग्गाको पछाडी पट्टी रहेको जमिन्दारले मुद्दा चलाउदै आएका थिए ।सो मुदा सुमन महतो (मलेठीयाले) जितन सफल भई अदालत बाट समन खटी घरलाई तोडफोड गरिको तिलाठी कोइलाडी गाउँ पलिकाको वाड अध्यक्ष गुलाब सिंह ले बताउनु भएको छ।

उता तिनै राम परिवार संग कुराकानी गर्दा हामी तिनै परिवार अति गरिब बिपन्न दलित राम परिवार करिब २० बर्ष देखी यो एलानि जग्गामा बस्दै आएका छौ।एकाशी यो जग्गामा हस्तक्षेप गरि मेरो खेतको अगाडी जग्गा जमिन रहेको छ र यो मेरो नम्बरी जग्गा जमिन हो बताउदै यहाँ तिमीहरूलाई बस्न नदिने धाक धम्की समेत दुई बर्ष देखी दिदै पाउदै आएको बतएका छन्। अदालत मुद्दा दिइ हामीहरू विरुद्ध निर्णय गराइ एक्कासि हामीहरूको घर तोडफोड गरिएको छ।

sahani furniture udyog

तिनै राम परिवारमा धन्पेत रामको २ ओटा घर रामधिन राम को ३ तिन वटा घर र अन्य १ घर गरि जम्मा ५ घरलाई डोजर लगाएर तहशनहस गरिएको छ । तहसनहस गरिएको घरमा लगभग ८ लाख बराबरको क्षति भएको रामधिन रामले बताउनु भएको छ।

दलित राम परिबार ले भने उनीहरु विरुद्ध षड्यन्त्र गरेर घरलाई तोडभोड गरिको बताएका छन् । उक्त दलित परिवार ले वडा अध्यक्ष गुलाब सिंह संग गुहार लगाएको तर वडा अध्यक्ष ले कुनै किसिमको सहयोग गर्न नसक्ने भनि फर्काएको आरोप लगाएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.