नेपाली समाजमा राजनीतिमा विद्यार्थी र युवाको अवस्था ! – तनविर रेजा राइन

0
Quantam abroad studies

पहिला हामीलाई यो बुझ्नुपर्ने हुन्छ कि विद्यार्थी र युवा केलाई भन्ने ? वर्तमान नेपालमा राजनैतिक नेतृत्व युवालाई नेतृत्व गर्ने क्रियाकलाप छ कि छैन र छ पनि कति छ ? स्पष्ट हुन जरुरी छ ।

विद्यार्थी र युवाको परिचय उस्तै उस्तै हो। विद्यार्थी पछी नै युवा आउँछ र विद्यार्थी भएकै अवस्थामा युवामा हुनेगर्छ । किनभने हाम्रो देशमा युवा १६ वर्ष माथिल्ला देखि ४० सम्म का लाई तोकिएको छ । इन्टर (+2) गर्ने विद्यार्थी सबै युवाहरू नै हुन। अब विद्यार्थी भने पनि युवालाई बुझ्ने हो । युवालाई भविष्यका कर्णधार भनेर वर्तमानमा युवाको भविष्य माथि खेल्वाड गने अधिकार कोही सँग छैन। अब युवा भविष्यको कर्णधारभन्दा पनि वर्तमानको सझेदार बन्न सक्नु पर्छ।

आज हामी नेपाली युवाहरु विभिन्न पार्टीमा आवद्ध छौँ। त्यो राम्रो हो तर पार्टीमा विद्यार्थी र युवाहरुको अवस्था के-कस्तो छ ? हाम्रो देशमा ४० वर्ष पार गरेका लाई पनि युवा भनेर विद्यार्थी संघठनमा राखिएको छ। अब यस्तो स्थितिमा उ कहिले पार्टीको केन्द्रिय सदस्य बन्ने , कहिले पदाधिकारी बन्ने र पार्टी र देशको नेतृत्व कहिले समाल्ने? उनलाई जब नेतृत्व गर्ने समय आउछन् तब बुढो हुन्छ । अनि कसरी युवाले गर्ने देशको नेतृत्व ? स्पष्ट रूपमा बुझे भने युवाले देशमा नेतृत्व गर्न नपाउने यो मुख्य कारण हो। जुन हामी विद्यार्थी र युवाहरूको कमि र कमजोरी हुन।

sahani furniture udyog

विद्यार्थी र युवाको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु गासिएको हुन्छ। जुन विश्व सर्बहारा वर्गका महान गुरु माक्र्सले भने ” युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन” ।
महान गुरु मार्क्सले भनेको यसै विचार लाई मैले एक कुरा लाई केन्द्रित गरेर राखे जुन यो हो, “यदि देशमा युवा वर्गले राष्ट्रिय पार्टीको अध्यक्ष, देशको प्रधानमन्त्रीका रुपमा नेतृत्व प्राप्त गर्न चाहने हो भने विद्यार्थी अवस्था देखि नै संघर्ष गर्न सिक्नुपर्ने हुन्छ।

विगत देखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीयछायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली विद्यार्थी र युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बन्न पुगेको थियो।

त्यो चाहिँ एक विस्वासीलो सामाजिक रुपान्तरणको महा अभियानमा भूमिका निर्वाह युवाहरूले गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.