उत्तम कुमार थापा , बझाङ
बझाङमा मन्त्री गणेश ठगुन्नालाई कालाे झण्डा ले स्वागत गरिएको छ ।
यतिबेला देशमा नेपाल कम्युनिस्ट पाटी नेकपामा दुई धार देखा परे पछि बझाङमा दुवै पक्षले कार्यक्रम गर्दै अाएकाे छन । प्रधानमन्त्री केपिशर्मा ओलीले सँसद विघटन गरेपछि माधव प्रचण्ड पक्षधर कार्यक्रताहरु सरकार विरुद्ध निरन्तर आन्दाेलन गर्दै अाएकाे पाईन्छ ।
बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे केपी पक्षधर ले आज भव्य आमसभा राखेकाे हाे । आमसभामा अनेरास्ववियुका केन्द्रीय सँयाेजक तथा नेकपाका केन्द्रीय ऐन महर ,निवर्तमान सासद भैरव बहादुर सिह ,अफिलाल ओखेडा, आन्नदलाल विक , दिल बहादुर भण्डारी, जनक जाेशी लगाएत का नेताहरु ले जिल्लामा आएर आज बृहत् आमसभा राखेकाे कार्यक्रमलाई सम्वाेधन गर्न मन्त्री गणेश ठगुन्ना बझाङ पुगेकाे हुन ।
आमसभा सम्वाेधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड माधव समुह काे अनेरास्ववियु र युवासँघ नेपालकाे सँयुक्त आयाेजना सिमखेतकाे पक्की पुल नजिक टाएर र कालाे झण्डा देखाउदै स्वागत गरेको अनेरास्ववियु बझाङले बताएको छ । उनले मन्त्रीलाई कालाे झण्डा देखाउदै र सडकमा टायर बालेर म्यादी मन्त्री मुर्दावाद भन्दै जिल्ला प्रशासन सम्म नारा बाजि गरेका थिए ।