सप्तरीमा वडा अध्यक्षको समन्वयमा घर विहिन बनाएको रामपरिवारलाई करूणा झाले गरे सहयोग

0
Quantam abroad studies

सप्तरी , राजविराज, २८ पुस
वडा अध्यक्ष को समन्वयमा घरबार भत्काईएपछि खुल्ला आकाशमुनि बस्न बाध्य सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपलिका वडा नम्वर ८ का तीन विपन्न परिवारलाई एक समाजसेवीले सहयोग गरेका छन् ।

घरबार विहिन भएका तीन राम परिवारलाई समाजसेवी एवम् साहित्यकार करुणा झा ले मङ्गलबार खाद्यान्न सामग्री र ओढ्ने उपलब्ध गराएका हुन् । धनपैत रामको ओटा २ र रामधिन रामको २ ओटा र अन्य एक समेत घर ५ ओटा तीन दिन अघि वडा अध्यक्ष गुलाब सिंह को समन्वयमा डोजर प्रयोग गरी भत्काईएको पीडित परिवारको आरोप छ ।

उक्त विषयमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचारसार्वजनिक भएपछि समाजसेवी झा ले चामल २५ किलो, दाल २ किलो, खाने तेल २ लिटर , चिनी २ किलो , चियापत्ती २ प्याकेट , ब्ल्यांकेट दुई थान, नुन दुई किलोका दरले रामअधिन र धनपैत रामको परिवारलाई सहयोग गरेका छन् । पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउँदै झाले कठ्याङ्ग्रिदो जाडोमा घर भत्काईनु अत्यन्त आपत्तिजनक रहेको भन्दै मानवीयताको नाताले अविलम्ब वैकल्पिक व्यवस्था मिलाउन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.