राजनीति समाजको ऐना हो : अबको विकल्प विद्यार्थी युवा राजनीति

0
Quantam abroad studies

तनविर रेजा राइन, २९ पुष जनकपुर – नेपाल ।

हामी जुन समाजमा बस्छौं त्यहाँका सामाजिक परिवेशसँग युवा राजनीतिलाई बढी मान्यता दिनुपर्छ । हाम्रो देश नेपालमा नेतृत्व गर्ने युवाहरू जुन ठाउँ मा छन, त्यहीँ सक्दो सहयोग गरेर अगाडि बढाउनुपर्ने हुन्छ । युवामा जोश, जागर, उमंग का साथै उनमा प्रगतिशील सोच हुने गरेको पाइन्छ । जसका कारण युवा ले हक र अधिकारका सवालमा परिवर्तित भइ समकालीन मुद्दाहरुलाई बहस र निष्कर्षमा लिनेे गर्छन् । त्यसैले शैक्षिक क्रान्तिको अर्को नाम विद्यार्थी राजनीति हो, त्यस्तो अवस्थामा युवा भएकै हुन्छ । विगत लामो समय देखि युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् भन्ने मानिएको छ तर राजनीति ठाउँ मा युवाको नेतृत्व थोरै राखिएको देखिन्छ ।

वर्तमान नेपालको राजनीति धेरै फोहोर नै बनेको छ । अबको विकल्प युवाहरूलाई दिएन भने अझै फोहोर मै डुबिन्छ । जस को कारण विद्यार्थी/युवाहरू देशको नेतृत्व गर्न मा अझै पछाडि पर्ने गरेको हेरिने छन् । शिक्षालाई हेर्ने बुझ्ने दृष्टिकोणमा ठोस र सत्य आधार लिएर अगाडि बढ्ने विद्यार्थी युवाले नै हो । उदाहरण का रूपमा भनौं भने युवा विद्यार्थी अवस्था बाटै दलगत राजनीतिमा प्रवेश गरेका कार्ल माक्स, माओ, लेनिन, नेल्सन मन्डेला जुन उहाँ विश्वमै राजनीति का विज्ञ भनेर चिनिन्छ । त्यस्तै नेपालका वि.पि., पुष्प लाल, मदन भण्डारी र प्रचण्ड इत्यादि लगायतका नेपाली नेताले पनि विद्यार्थी युवा कालबाटै नै समाज र देश रुपान्तरण को सपना हेरेका र गरेका पनि प्रख्यात इतिहास भेटिन्छन् । राणाकाल, पञ्चायत -काल, बहुदल तथा गणतन्त्र प्राप्तिसम्मका विभिन्न क्रान्तिहरु मा १६ देखि २५ सम्मका विद्यार्थी र युवा नै हुन् ।

समय र देशको आवश्यकता अनुरुप युवा राजनीतिमा बढी जोड दिनुपर्ने हुन्छ। किनभने सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, समसामयिक घटनाक्रम आदि जस्ता ज्वलन्त पक्षको आवश्यकता पर्ने यी विविध पक्षहरु मध्येको एक प्रमुख पक्ष हो राजनीति जसलाई समाजको ऐना भनिन्छ । समाज सफल प्रतिविम्ब हेर्ने हो भने युवा राजनीतिलाई प्रर्दशित गर्नु पर्दछ । गाउँ बस्ती, टोल-टोल सबैतिरबाट ऊर्जाशिल युवाहरु जाग्ने बेला आएको छ । चाकडी गर्न छोडेर नेतृत्व लाई खबरदारी दिन जरुरी छ । राजनीतिलाई अनुशासित, स्वच्छ र मर्यादित बनाउन युवाको नेतृत्व नै चाहिने र जोड दिनु पर्दछ । अब विद्यार्थी र युवाहरुलाई चेतनशील हुन जरुरी छ । राजनीति बाट टाढा भएर मुलुकलाई झन दुर्घटनामा धकेल्ने काम गर्नु हुँदैन । यसलाई हस्तक्षेप गर्ने गलत प्रवृद्धि भएका व्यक्तिहरु लाई स्थान दिनुपर्दैन भन्ने आज यो कुरा युवाले नबुझ्दा भोलि त्यही गलत प्रवृद्धिका मानिसले स्थान पाउँछन् र मुलुक दुर्घटना मा पर्ने जोखिम झनै बढेर जान्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.