कमलेश चन्द्र गुप्ता
कपिलबस्तु ,कृष्णनगर ( लुम्बिनी प्रदेश) -सिर्सिहवा स्वास्थ्य चौकीले आज पूर्ण खोप सुनिश्चिता तथा दिगोपना को लागि बैठक सम्पन्न गरेको छ । वडा खोप समन्वय समिति का अध्यक्ष घनश्याम बनिया को अध्यक्षतामा २३ सदस्यीय वडा खोप समन्वय समिति पुर्नगठन गरी बैठक सम्पन्न गरिएको हो। स्वास्थ्य चौकी प्रमुख राम कुमार गुप्ता र स्वास्थ्यकर्मी निर्मला पौडेल को सहजीकरणमा र सुआहारा दोस्रो को पालिका पोषण सहजकर्ता पृथीपाल तेलीको संचालनमा बैठक सम्पन्न भएको हो । वडा खोप समन्वय समितिको काम कर्तव्य, अधिकार र घरधुरी सर्वेक्षण लगायतको प्रस्तावमा छलफल भएको कुरा पृथीपाल तेलीले जानकारी गराउनु भएको छ।