ज.स.पा. कपिलवस्तुको तौलिहवामा जनप्रदर्शन तथा विरोध सभा सम्पन्न संसद् विघटन गरेर ओलीले जनताको मनोभावना माथि कुठाराघात गरे को अरोप

0
Quantam abroad studies

कपिलवस्तु । माघ ३
जनता समाजवादी पार्टी कपिलवस्तुले तौलिहवामा जनप्रदर्शन तथा विरोध सभा गरेको छ । तौलिहवाको जमुवार टोल देखि निस्केको र्याली बाल मन्दिरको प्रंगणमा आएर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभामा केपी ओली तेरो पारा ले दुख भए साराले, संसद विघाटन खारेज गर, संसद पुनःस्थापन गर लगायतको नारा लगाउदै र्याली निकालिएको थियो । जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वगत मन्तव्य अर्का जिल्ला अध्यक्ष शैलेन्द्र यादव ले गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै अधिकंस वक्ताहरु ले संसद विघाटन असंवैधानिक भएको जिकिर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारीणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव ले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी व्यक्ति भएको बताएका छन् । कपिलवस्तु को तौलिहवामा जनता समाजवादी पार्टी ले आयोजना प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोद प्रदर्सन तथा सभालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओलीले सुरुदेखि गणतन्त्र र सङ्घीयता विरोधी रहेको बताए ।

प्रधानमन्त्री ओली ले सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न प्रतिनिधिसभा विघटन गरेको यादव ले आरोप लगाए । ’प्रधानमन्त्री ओलीलाई सुरु देखि गणतन्त्र र सङ्घीयता मनपर्दैन।उनले सुरुमै भनेका थिए नेपाल जस्तो देशमा गणतन्त्र र सङ्घीयता टिक्दैन । तर हामीले आज देशलाई सङ्घीय गणतन्त्र बनाएका छौँ । त्यही नपचेर उनले प्रतिनिधिसभा विघटन मार्फत सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न खोज्दै छन्, ’ यादवले भने ।’ सरकारसँग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि संसद् विघटन हुनु दुर्भयपूर्ण भएको बताउँदै यादवले ओलीको कदम जनताको मनोभावना , सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र संवैधानिक सर्वोच्चतामाथि कुठाराघात भएकोले दुःख व्यक्त गरे ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झा ले सरकार द्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताएका छन् । उनले सरकार थप अन्य कुनै गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने बताएका हुन् । शनिबार तौलिहवामा आयोजित जनप्रदर्शन तथा विरोधसभामा सम्बोधन गर्दै नेता झाले सर्वोच्च अदालत अहिले एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै सर्वोच्चमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको जिकिर गरे । ‘ सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने । प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको आरोप लगाउँदै यसलाई किमार्थ पनि आफूहरु स्वीकार गर्न नसक्ने बताए ।

कोरोना को महामारी को बेला खोप को जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको उनले बताए । उनले मुलुकमा बढेको भ्रष्टाचारी , कालोबजारी, महँगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे ।

जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भैरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत पुस २५,२७ र २९ गते यशअसि नौ स्थानमा विशाल सभाहरु आयोजना भइसकेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.