महाकाल सामाजिक संस्था द्वारा कपिलवस्तुमा एक बृहत मोटरसाईकल र्याली

0
Quantam abroad studies

कपिलवस्तु,माघ ३ गते
हिन्दु धर्म र हिन्दुत्वको रक्षाका लागि कपिलवस्तुमा जन्मेको महाकाल नामक सामाजिक संस्थाले बिगत केही महिना देखि बिभिन्न पालिका , वडा र नगर/गाउँ स्तरीय ५७ वटा समिति गठन गरेको छ।सनातन धर्म हिन्दूलाई बिभिन्न बर्गमा बर्गिकरण गरेकोले हिन्दुहरु कमजोर भएका छन्। त्यसैले हिन्दुहरुलाई एक जुट गर्न महाकाल सामाजिक संस्थाले गाउँ-गाउँमा गई उप समितिहरू गठन गरेको छ। त्यहीँ कर्ममा आज कपिलवस्तुको शिवराज नगरपालिकाको रुद्रपुरमा एक विशेष कार्यक्रम गरी युवा जागरण अभियान सञ्चालन गरेका छन् ।

sahani furniture udyog

श्री महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्मा को सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि हिन्दू धर्मको अभियन्ता अभिषेक जोशी ज्यू र बिशिष्ट अतिथिहरुमा शिवराज नगरपालिकाको वडा नम्बर ‌‌७ का वडाध्यक्ष अनुप कुमार चौधरी , मनी ” कश्यप ” पाण्डे , विशाल क्षेत्री लगायत संस्थाका पदाधिकारीहरूका साथसाथै हिन्दु धर्मलम्बी एवम समर्थकको बाक्लो उपस्थिति रहेको थियो। सोही क्रममा कपिलवस्तु को चन्द्रौटा बजार देखि ६ टाढा रुद्रपुर सम्म मोटरसाइकल र्याली निकालिएको थियो।

आजको कार्यक्रममा क्षेत्रिय उपाध्यक्ष देवराज चौधरीले स्वागत गर्दै न्यानो मन्तव राखेका हुन् भने संस्थाका सचिव जितेन्द्र मौर्यले कार्यक्रम सञ्चालन गरेका हुन्

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.