८७ बर्षिया बृद्घ बलात्कृत, २५ बर्षिय एक युवक पक्राउ

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ , २ माघ
८७ बर्षिया बृद्घलाई जबरजस्ती करणी गरेको आरोप बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैल बस्ने बर्ष २५ का तारा कामी पक्राउ परेका छन ।

पौष २७ गते राती अन्दाजी १० बजेतिरको समयमा ८७ बर्षिया बृद्घ नाम परिवर्तन ( झ कुमारी ) लाई जबरजस्तीकरणी गरेको आरोपमा कामी पक्राउ परेका हुन।पिडित बृद्घको नाक र गाला मा समेत चोट लागेको छ । घरमा एक्लै रहेको अवस्थामा निजको घर भित्र पसी निज पीडित लाई जवरजस्ती करणी गरि भागेको खबर प्राप्त भएपछि माघ १ गते कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खडका ले बताए । पक्राउ परेका कामी बिरुद्घ जवरजस्ती करणी कसूर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.