अधिकार र पहिचानको लागी निर्णायक आन्दोलन गर्नुपर्छ : मन्त्री सह

0
Quantam abroad studies

सप्तरी,माघ २ ,राजविराज (प्रदेश न.२)
माघी संक्रान्तीको अवसरमा थारु समुदायले भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा माघी महोत्सव भब्यताका साथ सम्पन्न गरेका छन।

प्रत्येक बर्ष माघ महिनाको एक गते थारुहरुका कला, संस्कृत बोकिएको पर्व माघि तथा मकर संक्रान्ति विहिवार विभिन्न सांस्कृतिक कलाहरु प्रदर्सन गरि मनाएका छ्न।

सप्तरी को शम्भुनाथ नगरपालिका वाड नं ७ मा हिजो माघी संक्रान्ती महोत्सव मनाएको हो।महोत्सव प्रदेश-२ का भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो ।

sahani furniture udyog

उत्साहजनक थारु समुदायको उपस्थितिमा सप्पन्न भएको महोत्सवको प्रमुख अतिथि मन्त्री साह रहेको सो वडाका अध्यक्ष गोपाल चौधरीले बताउनुभयो ।

माघी महोत्सव थारु भाषाभाषीको महान पर्व हो।आफ्नो समुदायको कला संस्कृतिको उत्थान र संरक्षण गर्नुपर्ने हुन्छ भनेर मन्तव्य राख्ने क्रमा मन्त्र साहले थारु माथी राज्यद्वारा लादिएको उत्पीडन बारे समेत चर्चा गर्नुभयो।

उहाले देशमा एक चौथाई आदिवासी जनजाति रहेतापनि हरेक क्षेत्रमा बन्चित भएका छन ।पहिचानको आन्दोलन गरेकै कारण रेशम चौधरीलाई राज्यले परिबन्दमा राखेको छ।रेशम चौधरी जस्तो जनप्रीय पात्र थारु भएकै कारण जेलमा छ।अधिकार र पहिचानका लागी हामीले निर्णायक आन्दोलन गर्नुपर्ने धारणा राख्नुभयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.