के नेपाल को वर्तमान अवस्था राजनीतिक चलखेल हो ?

0
Quantam abroad studies

लेखक : मोहमद साबिर मन्सुर ( बारा )

हामी सब्ले बुझेको र बुझ्दै गरेको हो कि आहिले हाम्रो देश नेपाल कुन परिस्थिति मा छ , यो सब पार्टीगत राजनीतिक चलखेल ले गर्दा देश र समाज मा कती विकृति आपसी मतभेद बढी रहेको छ ।

पछिको मतदान सकेपछि माननिय प्रधानमन्त्री ओली ज्यू जब सरकार आफ्नो हाथमा लिए पछि हामीले धेरै किसिमका परिवर्तन नकारात्मक वा सकारात्मक परिवर्तन हेर्यौ ।
जनता बाट आए को आवाज हरु
१) १० अर्ब खोई,
२) बजेट भाषण मा असन्तुष्टि ,.
३) ७ वर्ष पछि नागरिकता दिने
अन्य धेरै आंतरिक कुरा हरु छन् अन्त मा आएर संसद विघटन ।संसद विघटन पुस ५ गते भए पछि देश मा धेरै किसिमका परिवर्तन , आन्दोलन र जुलुक हरु हेर्यौ । पार्टी फुटे पछि दुवै पार्टी एमाले र माओवादी ले एक अर्का का कुरा काट्दै चोक चोकमा मा भाषण दिदै आन्दोलन सम्म आए ।

युवा भेला , र जुलुस प्रदर्शन सम्म गरी रहेका छन। वर्तमान संविधानको कार्यान्वयन सँगै अब नेपाल स्थायित्वको बाटोमा हिँडेको छ । तर अन्तिम समयमा आएर यो संविधान निर्माणको लागि वैधानिकता दिन आवश्यक एउटा समूह ले निर्वाचन बहिस्कारको घोषणा गर्‍यो । यस अघिका ६ वटा संविधान एकपछि अर्को गर्दै अवसान भएको सन्दर्भमा सातौं संविधान पनि कार्यान्वयनको चरणमा नै वैधानिकताको संकटमा परेको छ ।

अहिले पनि विग्रहमुक्त अवस्थामा पुगेका राजनीतिमा सानै रूपमा भए पनि प्रभावकारी शक्तिहरूलाई बाहिर पुर्‍याइएको छ । सत्ताकेन्द्रित तीन दलले यी समूह सँग सत्ता र शक्तिको बाँडफाँटमा अधिकतम लचकता स्वीकार्य नगर्दा नेपाल ले स्थायित्व गुमाउने सम्भावना छ ।

नेपाल को आहिले को राजनीति हेर्ने हो भने एक पार्टी ले आफू सत्तामा जानको लागि सत्तामा रहेको पार्टी लाई गलत भन्दै आफू सत्तामा आउने र नयाँ प्रतिनिधि सँग मिली आफ्नो सरकार बनाई रजाई गर्ने मनोबलको साथमा अगाडि बढी रहेका छन्। कोरोना महामारी ले गर्दा देश विकास पछाडि तिर गयो यो सब ले मनन गरेकै कुरा हो र यो राजनीतिक अस्थिरता के के देश अगाडि बढ्न सक्छ र ? हामीले देखि रहेका राजनीतिक घटना के राजनीतिक चलखेल होइन र , देश बिकाश ,रोजगार , गरिबीमा उल्झि रहेको हाम्रो देशमा पार्टीगत राजनीति सम्भव छैन भनेर हामी बुझ्न सक्छौ ।

विद्यालय सञ्चालन , युवा र विद्यार्थी र सम्पुर नेपाली जनता को जीवन आहिले निकै खराब अवस्था मा पुगेको छ । वैशाख मा हुने निर्वाचनमा आफ्नो पार्टी को सरकार बनाउन सब आतुर छन् चाहे त्यो , एमाले होस , माओबादी होस , नेपाली कांग्रेस होस , फिरोम होस या हाम्रा नेपाल का कुनै पार्टी किन न होस ।जनता बीच आहिले चली रहेका केई कुरा हरु ?
१) हाम्रो देश कता तिर लम्किदै छ ?
२) के सत्ता मा रहेको सरकार अहंकारी भएको छ ?
३) अब आउने दिन मा कुन पार्टी को सरकार बनाउने ?
४) क्षेत्र बाट कुन व्यक्ति लाई निर्वाचित गर्ने ?

प्रधानमन्त्री , सम्पूर्ण पार्टीका सभापति को मस्तिक्ष मा के चल्दै छ देश बिकाश , युवा रोजगार सम्पूर्ण लाई त्यागी आफ्नो पार्टी को सरकार बनाई सत्ता मा जाने , विभिन्न राष्ट्रिय का ठूला पद मा पुग्ने यस्तै किसिमकामा सोच उत्पन्न भएको छ जस्तो देखिन्छ ,यति हेर्दै जादा हामी नेपाली जनता अल्मलिए का छन् की यो राजनीतिक चलखेल हो होइन ?

तर धेरैका विचार धारा बुझ्दैजादा पार्टीगत राजनीति चलिरहेको देशमा हामी यो बुझ्न सक्छौ कि यो राजनीति चलखेल हो किन कि संसद विघटन र हरेक ग्ली ग्ली मा चलिरहेको अहिलेको राजनीतिक चर्चा मात्र राजनीतिक चलखेल भई रहेको मात्र बुझ्न सक्छौ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.