

कमलेश चन्द्र गुप्ता
कपिलबस्तु , माघ ४
जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा ब्यूटी पार्लर सम्बन्धी ३ महिने तालीम आज देखि सुरु भएको छ। कृष्णनगर नगरपालिका वार्ड नं ९ को आर्थिक सहयोगमा र पूजा ब्यूटी पार्लरको आयोजनामा आज देखि ब्यूटी पार्लर सम्बन्धी ३ महिने तालीम सुरु भएको हो । कृष्णनगर नगरपालिका वार्ड नं ९ का वार्ड अध्यक्ष राम मिलन चौधरी र पूजा ब्यूटी पार्लरका प्रबंधक पूजा मोदनवालको अध्यक्षतामा तालीमको तालीम सुराम्भ भएको हो। कोरोना कहरकै बीच जनस्वास्थ्य मापदण्ड पालना गरेर २० जना महिलालाई रोजगार र उद्यमी बनाउने उद्धेश्यसहित तीन महिने ब्यूटी पार्लर सम्बन्धी तालीम ल्याएको कार्यक्रमका प्रमुख अतिथीकृष्णनगर नगरपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष राम मिलन चौधरीले बताउनु भयो।
सहभागीहरूलाई उद्यमी बनाई आर्थिक समृद्धिको बाटोमा हिडाउने उद्देश्य सहित आयोजना गरिएको तालिम निकै प्रभावकारी रहेको वार्ड अध्यक्ष चौधरीले बताए । उद्यमी बनि आत्मनिर्भर बन्न सकेमा समाजमा महिला माथी हुने हिंसा समेत कम हुन सक्ने बताउनुभयो।

