सप्तरीमा नेकपा ओलि समूहको जनसभा

0
Quantam abroad studies

माघ-५, सप्तरी ।

sahani furniture udyog

राजविराज सप्तरीमा नेकपा ओलि समुहको जनसभा यहीँ माघ १३ गते हुने भएको छ। बर्तमान राजनीति अवस्थाको बिषय बारे सम्बोधन एवं निर्वाचन का निमित्त जनजागरण कार्यक्रमको उद्देश्यले नेकपा जिल्ला संयोजन समिति सप्तरीको आयोजनामा राजविराजको राजरंगशाला मैदानमा यहि माघ १३ गते दिउँसो १२ बजे देखी सुरु हुने स्रोतले जनाइएको हो ।

जनसभा नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने तय भएको छ । यसैगरी बिशिस्ट अतिथि केन्द्रिय सदस्य कानुन तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ र केन्द्रिय सदस्य तथा महिला वालवालीका मन्त्री जुली महतो लगायत स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज सत्यनारायण मंडल , स्थायी कमिटी सदस्य क. रधुवीर महासेठ, केन्द्रिय सदस्य, प्रदेश–२ अध्यक्ष एंव शहरी विकास मन्त्री प्रभु साह र केन्द्रिय सदस्य, प्रदेश–२ कमिटी सचिव तथा राष्ट्रसभा सदस्य सुमनराज प्याकुरेल ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.