कपिलवस्तु । ७ माघ
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले सरकार संचालनमा आफनै पार्टीका नेताहरुलाई मिलाउना नसकेकोमा देशलाई के दिन्छन भन्ने प्रश्न गरेका छन । जनता समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तुको जितपुरमा गरेको बिरोध र्याली तथा सभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन । उनले भने प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु प्रधानमन्त्री ओलीको प्रतिगामी कदम भएको बताएका छन् ।
नेता श्रेष्ठले यस कदमको विरूद्ध रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुपने बताउँदै अबको आन्दोलनको मुख्य एजेण्डाहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, राष्ट्रिय स्वाधीनता, सहभागितामूलक समावेशी लोकतन्त्र, अधारभूत मानव अधिकारको रक्षा, विधीको शासन, समतामूलक समृद्धि, जनजीविकाको ग्यारेण्टी, सुशासन आदि हुनुपर्ने बताएका छन् । कार्यक्रलाई सम्बोधन गर्दै श्रेष्ठल भने प्रभानमन्त्री ज्यू जब तपाई आप्ःनै पार्टीका नेताहरुलाई सन्तुष्ट पर्न सक्नु हुन्न अरुलाई कसरी सन्तुष्ट पर्नु हुन्छ भन्दै प्रश्न गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता कलिपद शर्माले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरूद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पार्ने चेतावनी दिए । ’लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ । तर न्यायमूर्ति ज्युहरू जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ । उहाँहरूले जुन आशयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ त्यसले आम जनमानसमा शंका उब्जिन थालेको छ,’उनले भने,’हाम्रो विश्वास के हो भन्ने उहाँहरूले आफ्नो मानसम्मान र प्रतिष्ठानमाथि आँच आउने कुनै फैसला गर्नु हुन्न। ’ प्रधानमन्त्रीले जनताको सार्वभौम अधिकार हनन् गरेको भन्दै उनले जनतासँग ढिला नगरी माफी माग्न आग्रह गरे।
यता कपिलवस्तुको चन्द्रौटामा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकरणी सदस्य तथा पुर्व कृषिमन्त्री अकबाल अहमद शाहले राजा आँउ देश बचाउ होइन अब केपी हटाऔँ देश बचाऔँ भन्नु पर्ने अवस्था सृर्जना भएको बताउनु भएको छ । तत्कालिन राजा भन्दा क्रुर शासद सत्ता सञ्चालन गरीरहेका वार्तमान प्रधानमन्त्रीलाई पदबाट हटाए मात्र देशले निकास पाउने पुर्वमन्त्री शाहले बताउनु भयो । कपिलवस्तु चन्द्रौटामा आयोजित जनता समाजवादी पार्टी नेपालको जनप्रदर्शन तथा विरोध सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शाहले केपी ओली देशलाई बर्वादी तर्फ धकेली रहेको बताउनु भयो ।
आदीबासी जनजाती, मुस्लीम मधेशीको हक अधिकारलाई कुण्ठित पार्ने केपी ओलीको सत्ता धेरे समय टिक्न नसक्ने चेतवानी समेत दिनुभयो । केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदम विरुद्ध नेपाली जनता सशक्त प्रतिबाद गरीरहेको शाहले बताउनु भयो ।जससपा केन्द्रिय कार्यकारणी सदस्य अमृता अग्रहरीले तानाशाही प्रधानमन्त्रीको कदमले देश दलदलमा फसेको बताउनु भयो । देश र जनताको हकअधिकार भन्दा केपी ओली कुर्चि र पदको राजनितिमा लिप्त भएको अग्रहरीले आरोप लगाउनु भयो ।
उक्त कार्यक्रममा जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले प्रधानमन्त्री केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदमको विरोध जनाउनुु भयो । प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै प्रदेश अध्यक्ष यादवले जसपा विरोधमा उत्रिएको बताउनु । सोही सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रवीदत्त मिश्रले प्रधानमन्त्री केपी ओली सरकार आफनो कार्यकर्ता पाल्ने काम मात्र गरेको आरोप लगाउनु भयो । केन्द्रिय सदस्य मिश्राले केपी ओलीको खरो आलोचना गर्नुभयो ।