पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

0
Quantam abroad studies

उर्मिला यादव, माघ ८, पश्चिम नवलपरासी ।।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ले जिल्ला को बिभिन्न स्थानबाट बुधबार २ लाख ४६ हजार ४ सय मुल्य बराबरको खसी र बोईलर कुखुरा बरामद गरेको छ ।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ७ मोजरहियाबाट बरामद गरेको छ । खसी मानिसले डोरी मा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोली लाई देखि खसी छोडि मानिस भगेको प्रहरीले जनाएको छ ।

उक्त खसीको प्रति गोटा २० हजारका दरले करीब २ लाख मुल्य बराबर रहेको छ भने बरामद खसी आवश्यक कारवाही को लागि बुधबार नै महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा करीब २ सय ३२ के.जी. जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १० नौडीहवाबाट बरामद गरेको जनाएको छ । बरामद कुखुराको मुल्य ४६ हजार ४ सय मुल्य बराबर रहेको छ ।

उक्त कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । —

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.