बाग्थला देखि चैनपुरकाे कालाेपत्रे सडक गुणस्तर हिन

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बागथला देखि भोपुरको जयपृथ्वी बहादुर सिंह सडक मा कालोपत्रे गर्ने कार्यमा कमसल काम भएको भन्दै स्थानियले चासो राखेका छन् ।

अाज नेकपाका युवानेता र अनेरास्ववियू का नेताहरुले आज सो सडक अवलोकन गरेका थिए । सडक कार्यालय बैतडिले जलजला निर्माण सेवा काठमांडौलाई सो सडक कालोपत्रे गर्नका लागि काम गराईरहेको छ । हातले उप्काउन मिल्नेगरि कालोपत्रे गर्न लागेको खबर सुनेर अवलोकन गर्न जादा कमसल काम गरेको फेला पारेको नेकपाका युवा नेता नरेन्द्र खडकाले बताउनुभयो । राज्यको रकमलाई यसरि दुरुपयोग नगर्न निर्माण कम्पनिका प्रतिनिधिलाई अनेरास्ववियू का नेता पुष्पलाल रोकायाले सुझाव दिएका छन् ।

अाज एकाएक सडककाे कालाेपत्रे हेर्न पुगेका युवाहरुले सुझाव सल्लाह दिनुका साथै गुणस्तर हिन सडक निर्माण गर्नु भन्दा नगर्नु हुन अनुराेध गरेका हुन । अहिले सम्म काम टालाटुली बटुली जस्तै भएको पाईन्छ । सडककाे स्टमेट भन्दा कम खर्च लाग्ने गरेर गुणस्तर हिन सडक निर्माण कार्य अगाडि बढिरहेको बेला जिल्लामा रहेका कसैले पनि ध्यानाकर्षण हुन सकेको छैन । सडककाे स्टमेट हटप्रेमिक्स २० mm चाैडाई ४ मिटर मात्र व्यस हाल्ने , गिट्टी ६०% ४०% माटाे ,रहेता पनि सडक अहिले १० mm देखि १५ mm काे निर्माण भएको स्पस्ट देख्नपाईन्छन। सडकमा सडक पिच गर्दा रिसाेलिङ पिच गर्नु पर्ने ठाउमा गिट्टी नराखेर मात्रा अनुसार सामाग्री प्रयाेग नगरि सडक बनिरहेको छ।सडक पिच गर्दा सामाग्री त गुणस्तर हिन प्रयाेग गरिएको छ भने छेउछाउमा भएको सामाग्री नहटाई सडक लाई वाङ्गाे पारेर पिच गर्ने गरेको पाईन्छ । गिट्टी नहालेर खाल्दी कालाे पत्रे जालाे हालेर काम गर्ने गरेको पाईन्छ ।

sahani furniture udyog

काम गर्दा गल्ति भएको स्विकारे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रशाद खनाल ले । ओटासिल सडक उप्कीसकेकोले सो मर्मतका लागी करिब ६ करोडमा सो कम्पनि सगँ सम्झौता भएको सडक कार्यालय बैतडिका प्राबिधिक ईन्दराज जोशिले जानकारि दिएका छन । साथै जोशिले भन्नुभयो ,“सो सडकमा कालो पत्रे गर्ने क्रममा मापदण्ड बिपरित गरेको देखिएकोले नापजाचँ नगरिने र सम्झौता बमोजिमको रकम समेत भुक्तानि नदिने बताउनु भएको छ । ” तत्काल कमसल काम रोकेर मापदण्ड बमोजिम काम गराउनमा सरोकारवालाको ध्यान जान जरुरि देखिएको छ ।

सदरमुकाम को आसपास को मुख्य सडकमा कमसल कार्य भईरहेकोले सो कार्य नसुधारे काम ठप्पपार्ने जयपृथ्वी नगरपालिका ७ का युवा नेता सत्यराज जोशिले जानकारि दिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.