कृष्णानगरमा अवैध भारतीय रुपया सहित एक जना पक्राउ

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु

शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ ।

sahani furniture udyog

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।

सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य ले बताएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.