प्रचण्ड–माधव समुहका सात जना पक्राउ

0
Quantam abroad studies

अरुण कुमार यादव , राजविराज, ८ माघ
सप्तरी बाट प्रचण्ड–माधव समुह को नेकपाका ७ जना कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको मोटरसाइकल ¥यालि बिथोल्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलालले जानकारी दिनुभयो । सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेकपा प्रचण्ड (माधव समूह) का जिल्ला सदस्य मुकेश कुमार यादब , राजु जसवाल, छोटु यादब, बलराम यादब र राजविराज नगरपालिका – ७ का प्रेम यादब सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनएको छ ।
ओली समुहका नेता महेश बस्नेतको नेतृत्वमा सप्तरीमा मोटर साइकल ¥याली र प्रशिक्षण कार्यक्रम गरिदैंछ । उक्त कार्यक्रम लाई बिथोल्ने योजना बनाएको भन्दै प्रहरीले आज बिहान प्रचण्ड–माधव समुहका ७ जनालाई नियन्त्रमा लिएको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।
प्रचण्ड–माधव समूहका नेता उमेश यादव ले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताउनुभयो । प्रदर्शन गर्ने क्रममा पक्राउ परेकालाई रिहा गर्न उहाँले माग समेत गर्नुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.