गुणस्तर हिन कालाेपत्रे बनेको भन्दै, अनेरास्वविययू बझाङले ज्ञापनपत्र बुझायाे

0
Quantam abroad studies
sahani furniture udyog

उत्तम कुमार थापा, ९ माघ, बझाङ ।

अनेरास्ववियू बझाङले आज ज्ञापनपत्र बुझाएको छ । बझाङ जिल्ला अनेरास्ववियू ले आज जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको हाे ।

जयपृथ्वी राजमार्ग अन्तरगत रहेको खाेड्पे चैनपुर सडककाे बाग्थला भाेपुर सडक खण्डमा गुणस्तर हिन काम भैईरहेकाे भन्दै, अनुगमन गरेको टाेलीले काम हेर्दा ठेकेदार ले स्टमेट अनुसार काम नगरेको पाईएपछि एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारी लाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य रामचन्द्र राेकाया ले बताए ।

बाग्थला देखि भाेपुर सम्म काे कालाेपत्रे जिम्मा पाएकाे जलजला निर्माण सेवा ले स्टमेट अनुसार काम नगरेपछि अनेरास्ववियु बझाङ सँयाेजक पुष्प लाल राेकाया र सह- सँयाेजक देविजङ्ग सिहकाे टाेलीले ठेकेदारलाई सचेत गराउन काे लागि नेपाल कम्युनिस्ट पाटीका सचिवालय सदस्य रहेका नरेन्द्र खड्का सहितलाई सहभागी गराउदै बुझाएको थियाे ।

युवा नेता खड्काले भने यदि हामीले सचेत गराउदा गराउदै पनि सम्वन्धित निकायकाे ध्यानाकर्षण हुन नसके र ठेकेदारले अझै लापरबाही गरेकाे थाहा भएको जस्तोसुकै कदम चाल्न पनि पछाडि नहट्ने दावि गरेका थिए । फिल्डमै खटेकाे टाेलीले सम्वन्धित निकाय लाई ध्यानाकर्षण गराएकाे हाे । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी ले भने, मैले सडक डिभिजन बैतडी लाई भनेको छु । काम राेकिएकाे छ । उपरसेर बाेलाएर मात्र काम अगाडि बढ्ने भन्दै विकासमा चालेको कदमलाई सम्मान गरेका हुन ।
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.