

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं १ भन्सार रोडमा किसान एकता जिन्दाबाद नारा सहित एउटा विरोध कार्यक्रम सम्पन्न भयो।
नेपाल सरकार ले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी, विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र एका एक मलखाद्यमा मूल्यवृद्धि गरेको रवैया प्रति कृष्णानगरका किसानहरु आक्रोशित भयी नेपाल सरकारको विरोध गर्दै किसान एकताको नारा लगाउदै भाषाण समेत गरेका छन।
उक्त कार्यक्रमको आयोजना श्री जय त्रिकाल युवा क्लब र जनचेतना युवा क्लबले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान विशिष्ठ अतिथी जसपा जिल्ला कपिलवस्तु उपाध्यक्ष राम नेवास पुरी , जसपा नेता जगदीश चौधरी, बृजेश कुमार गुप्ता, सन्तराम तेली, जीवन श्रीवास्तव ,इन्द्रजीत चौधरी रहेका थिए।
नेपाल कृषि प्रधान देश हुदै हुदा पनि नेपालका किसान पीड़ामा रहेका छन। नेपाल सरकारले कागज र भनाई को लागि मात्रै कृषि प्रधान देश बनाएको छ । वास्तविकतामा नेपालका किसानहरु लाई हेर्दा दुख लाग्छ दिन-रात्रि खेतमा खटि मेहनत गरी पुरै देशका जनताको पेट भर्नाको लागि फसल तैयार गर्छन तर किसानको पेट भर्नाको लागि यो कम्यूनिष्ट सरकार ले केही पनि गर्दैन । यो सरकार किसानको पीड़ा बुझ्दैन। देशका किसानहरु लाई दुखी बनाएर देश लाई सुखी समृद्धि तरफ लैजान सक्नु हुन्न। छिमेकी मित्र राष्ट्र भारत नेपालका किसान र नेपालका जनताहरुको सदैव सहयोग गर्दै आई रहेको छ ।
मलखाद्य विऊ विज़न स्वास्थ्य सम्बन्धी औषधी लगायतका बिषयहरुमा पनि तर यो कम्युनिस्ट सरकारले पटक पटक मित्र राष्ट्र भारत संग सम्बन्ध बिगार्ने प्रयास गरि रहे को कुरा प्रमुख अतिथी पठानले बताउदै भनेकि यो तानाशाह सरकारले सिमा बन्द गरि किसान र मधेशी जनता हरु लाई दुख दिन खोजेंको छ।
कार्यक्रमका विशिष्ठ अतिथि राम नेवास पुरीले जनता लाई सम्बोधित गर्दै भनेकि कपिलवस्तु जिल्ला को क्षेत्र नं३मा राजतंत्र अहिले पनि कायम रहेको ले यो क्षेत्र अहिले सम्म पिछडीएको छ यहाका जनप्रतिनीधिहरुको कारण ले यो क्षेत्र र क्षेत्रका किसानहरुको बिकास भएको छैन। यदि यो क्षेत्रमा परिवर्तन लाउन छ भने यो क्षेत्रमा रहे को राजतंत्र लाई फाल्नु पर्छा। नेपाल भरिका दोसरो नम्बरमा पर्ने शिवराज अस्पताल बहादूरगंजमा ६ जना चिकित्सकको दरबन्दी रहे को छ तर दुई जना मात्रै चिकित्सक रहेका छन किन?
यो जिल्लाका केही किसानहरुले अहिले सम्म उखुको भुगतानी पाएकै छैन्न तर यहाका नेता हरु ले त्यो पैसा भुग्तानि गराउनको लागि केही पहल नगरि किसानहरु लाई चुनावको बेला झूठों र खोक्लो आश्वासन दिइ क्षेत्रका जनता लाई छलि जनता माथि राज गर्ने काम मात्रै गरेका छन। यस्ता प्रवृतिका नेता हरु लाई चुनाव को समयमा बहिष्कार गर्नाको लागि समेत आग्रह गरे।
कार्यक्रमको अध्यक्षता कैलाश कुर्मीले गरेका दिए र कार्यक्रम लाई सफल बनाउनको लागि बृजमोहन कुर्मी,सुकई फांसी,बद्री कोरी, अनिता कोरी, कुसुम यादव,निसु कोहार,राधेश्याम कुर्मी, शिवनारायण तेली,ले खेलेको भुमिका सराहनीय छ र वहां हरु लाई हृदय देखि धन्यवाद आयोजक समिती ले दिएका थिए। कार्यक्रम का संचालक बजरंगी तेली रहेगा थिए।
