माघ ११, राजबिराज ।
तिलाठी कोईलाडी गाउपालिकाको आयोजनामा तेस्रो सिजन अन्तर्गत माघ १४ गते देखि सुरु हुन लागेको शनिबार गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले उदघाटन सहित ब्याट, बल, ड्रेस प्रदान गर्नुभएको छन् ।
उक्त प्रतियोगिताका लागि तिलाठी कोईलाडी गाउपालिकाले गाउँस्तरमा क्रिकेट खेलाडी उत्पादन सँगै खेलकुदको बिकासका लागि वडा स्तरिय प्रतियोगिता गर्न लागेको गाउपालिका अध्यक्ष सिंहले बताए ।
सो अवसरमा गाउपालिका उपाध्यक्ष सुचिता कुमारी यादबले खेलाडीको उत्पादन तथा खेलकुद बिकासको लागी शिक्षा र खेलकुद सँगै सँगै बढाउनु पर्नेमा जोड दिएका छन् ।
तिलाठी गाउपालिका वडा ७ का वडा अध्यक्ष गुलाव सिँहको अध्यक्षतामा आयोजित कार्यक्रम मा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, वडा ३ अध्यक्ष मनोज चौधरी, वडा ४ अध्यक्ष गोपी मण्डल, वडा ६ का अध्यक्ष गोबिन्द यादब, वडा ८ का अध्यक्ष लक्ष्मी, राष्ट्रिय प्रशिक्षक राजकुमार दास, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, निरज सिँह लगायतले शुभकामना दिएका थिए भने कार्यक्रम संचालन राजेश झाले गरेका थिए ।
प्रतियोगिता कोईलाडी गाउपालिका वडा ७ स्थित लवनमाबि बभनगमाकटी खेलमैदानमा पहिलो खेल कोईलाडी र तोपा बिच हुने वडा गोी मण्डल ले जानकारी दिएका छन । यता गाउस्तरमा खेलाडी उत्पादनका लागि सबै वडामा सम्भाबित खेलाडी उत्पादनका लागि सबै वडा टिम बनाउन प्रशिक्षण समेत दिइदै छ ।