राजतंत्र देखि हाल सम्मको मेरो राजनीति विश्लेषण र समिक्षा

0
Quantam abroad studies

शाहिदा बानों, ११ माघ, बांके ।

दरबार हत्याकांड जसमा तत्कालीन नरेश विरेन्द्र वीरविक्रम शाहको सपरिवार मारिए । त्यो हत्याको कारण सत्ता नै थियो भनी विभिन्न विज्ञ र लेखकहरुले लेखिकै छन् । त्यो दरबार हत्याकांड जनताका लागि भएको थिएन् ।

हत्या पश्चात पुर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह राजगद्दीमा बसे तर धेरै दिन उनको शासन धेरै दिन टिक्न सकेन् । जनता आन्दोलित भए जसको फलस्वरूप उनले गद्दी छाड्नु पर्यो यसरी राजतंत्रको अन्त्य भयो । तर त्यसबाट पनि आम जनता लाई फाईदा पुगेन् । फाईदा पुग्यो त देशका ठुलाठुला नेताहरु लाई जो देशको मन्त्री जस्ता पदमा आसीन भए ।

त्यसपछि कुरा गरौं १२ वर्षे माओवादी जनयुद्धको जो सर्वहारा को लागि भनियो । तर शान्ति सम्झौता पछि आन्दोलन का मुखियाहरु ले सत्ता मा भागिदारी र साझेदारी पाएर मुद्दा विसर्जन गरे । तत्कालीन लडाकू, छापामार, शहीद र आन्दोलनकारीहरुको हात पर्यो त केवल निराशा । किनभने अहिले पनि यस्ता शहीद, लडाकु र छापामारहरु छन् जो माओवादी आन्दोलन मा सकृय भुमिका निर्वाह गरे तापनि पार्टीले उनीहरुलाई उपेक्षा र बेवास्ता गरेको छ ।

अब कुरा गरौं मधेश आन्दोलनको जो मधेशीहरुको सत्ता साझेदारी, सहभागिता, समानता, समान अधिकार स्थापना जस्ता मुद्दामा आधारित थियो । जसले भनेका थिए कि हामी मधेश र मधैशीहरुको मसीहा हौं । जसमा तमाम व्यक्तिहरु शहीद भए, कोही बेघर भए, कोही टुहुरा भए । आन्दोलनका नेतृत्वकर्ताहरु सत्तामा पुगेर मुद्दा विसर्जन गरे । हाल अवस्था यो छ कि रोटीबेटी, धर्मकर्म र रोजगार संगको नाता भएको भारत सीमा कोरोनाको नाममा हाल एक वर्ष हुन आटेंछ तर बन्द छ । जसका कारण मधेशका जनताहरु कठिनाई भोग्न बाध्य छन् । तर मधेश र मधेशीहरुको मसीहाहरुको अत्तोपत्तो छैन् ।

माथिका सबै आन्दोलनहरुको समिक्षा र विश्लेषण गर्दा मैले पांए कि जति पनि आन्दोलन भए र हुदैंछन् त्यो जनताको हकहितका लागि शुशासनको लागि नभएर केवल एउटा व्यक्ति (आफ्नो दल वा मन नपर्ने ) बाट अर्को व्यक्ति (आफ्नो दल वा मन पर्ने ) लाई सत्ता हस्तांतरण गराउने उद्देश्यले मात्र भए र गराइए । यी तमाम आन्दोलनहरु कुनै ठुलो नेता वा उसका आफन्त शहीद भएन्न् शहीद भए त आम जनता ।

त्यस कारण अब जनता होसियार हुन आवश्यक छ अब दल र व्यक्तिलाई नभएर शासन व्यवस्थालाई बलियो बनाई विधिको शासन व्यवस्था स्थपित गर्न गराउन आ आफ्नो ठांउ र स्तरबाट पहल गर्नु पर्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.