उर्मिला यादव , माघ ११
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ले जिल्ला को बिभिन्न स्थान बाट आज आइतबार करीब ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहिया बाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपाल बाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर (केराउ) र ४ बोरामा ८० किलो मुरली मकै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहिया बाट बरामद गरेको हो । उक्त मटर (केराउ) र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलाटारी बाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सुस्ता गांउपालिका वडा नं.१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ ।
बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।