महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई प्रोत्साहन स्वरुप साइकल बितरण

0
Quantam abroad studies

उर्मिला यादव माघ १३, पश्चिम नवलपरासी ।

जिल्ला पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मा रहेको मनरी स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई प्रोत्साहन स्वरुप साइकल बितरण गरीएकोे छ ।

मनरी स्वास्थ्य चौकीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर २ को सहयोग मा सोमबार ८ जना स्वयम सेबिकाहरुलाई साइकल बितरण गरीएकोे हो ।

कार्यक्रम का अध्यक्ष तथा कार्यपालिका सदस्य छिमादेवी राय को अध्यक्षता तथा सरावल गाउपालिका का अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आथित्यता मा कार्यक्रम मनरी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

सिता देवी शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा मनरी स्वास्थ्य चौकीका प्रमुख निलकण्ठ भण्डारी को संचालन मा कार्यक्रम सम्पन्न भएको ल्याब टेक्निसियन गणेश अर्यालले जानकारी दिनुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.